

नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी


नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि दुई नदीको संगमस्थलमा ठुलो प्राकृतिक बाँधसहितको ताल बनेको र आगामी तीन दिनमा यसको फुट्ने जोखिम उच्च रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ ।
चीनको केन्द्रीय टेलिभिजन (सीसीटिभी) का अनुसार नेपालमा छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिकै ठुलो ‘ब्यारियर लेक’ बनेको छ । बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी तालबाट बाहिरिनसमेत थालेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी उक्त तालमा जम्मा हुने अनुमान गरिएको छ । पानीको मात्रा निरन्तर बढ्दै गएमा प्राकृतिक बाँध भत्किएर अचानक ठुलो बाढी आउन सक्ने भएकाले ताल फुट्ने जोखिम उच्च रहेको चेतावनी दिइएको छ ।
चीनले निरन्तर निगरानी गरिरहेको छ
चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । सम्भावित रूपमा प्राकृतिक बाँध फुटेमा बाढीको बहाव कता र कति तीव्र गतिमा पुग्न सक्छ भन्ने आकलन गर्न बाढीसम्बन्धी विभिन्न ‘सिमुलेसन’ तथा विश्लेषणसमेत भइरहेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै आकस्मिक उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन आवश्यक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
चीनतर्फ पनि उद्धार तथा राहत तीव्र
नेपाल–चीन सीमा क्षेत्रमा नेपालको भूभागबाट सुरु भएको विनाशकारी पहिरोले चीनको दक्षिण पश्चिमी सिजाङ स्वायत्त क्षेत्रको क्यिरोङ बन्दरगाह आसपासमा ठुलो क्षति पुर्याएपछि चिनियाँ अधिकारीहरूले विभिन्न मोर्चाबाट उद्धार तथा राहत परिचालन गरेका छन् ।
चिनियाँ जनमुक्ति सेना, आपत्कालीन उद्धारकर्मी, इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा राहत संस्थाहरूले घटनास्थलमा जनशक्ति, विमान, उपकरण र आवश्यक सामग्री पठाइरहेका छन् ।
दुर्गम तथा कठिन भौगोलिक अवस्था, लगातार भइरहेको वर्षा र थप प्राकृतिक विपद्को जोखिमका बिच उद्धार कार्य चुनौतीपूर्ण बनेको चिनियाँ पक्षले जनाएको छ ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया