
तीज रौनकतासँगै बाणगंगाका टेकबहादुर गन्धर्व मादल बनाउन व्यस्त

कपिलवस्तु | नेपाली नारीहरुको महान पर्वा हरितालिका तीज पर्व नजिकिँदै गर्दा कपिलवस्तुमा मादलको माग उल्लेख्य रूपमा बढेको छ । यहि बेला बाणगङ्गा नगरपालिका–६ गणेशपुरका ७२ वर्षीय टेक बहादुर गन्धर्व हाल मादल बनाउन भ्याइनभ्याई व्यस्त छन् ।
गन्धर्व विगत लामो समयदेखि परम्परागत वाद्ययन्त्र निर्माणमा संलग्न रहँदै आएका छन् । उनले मादलसँगै खैजडी, सारङ्गी लगायतका वाद्ययन्त्र बजाउने र बनाउने दुवै कार्य गर्दै आएका छन् । मादलको माग तीज देखि तिहार सम्म बढी हुने गर्दछ ।
“तिज नजिकिँदा मादलको माग अत्यधिक हुने भएकाले अहिले बनाउने फुर्सदै पाइँदैन,” गन्धर्वले बताए । उनका अनुसार बजारमा मादलको मूल्य न्यूनतम एक हजार पाँच सयदेखि पन्ध्र हजार रुपैयाँसम्म पर्छ ।
उनले यस पेसाबाट आय–स्रोतमा सहजता आएको अनुभव सुनाएका छन् । “पहिला भन्दा अहिले माग बढेकाले आम्दानीमा पनि वृद्धि भएको छ,” उनले भने ।
स्थानीय समुदायमा परम्परागत वाद्ययन्त्रप्रतिको आकर्षण यथावत् रहनु सकारात्मक पक्ष भएको गन्धर्वको भनाइ छ । यसले आफूजस्ता परम्परागत कलामा जीवन अर्पण गर्नेहरुलाई थप उत्साह दिलाएको उनको विश्वास छ ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया