

एकै जाति, दुई क्यालेन्डरः बड्की अट्वारीले बनायो लुम्बिनीमा अन्यौल




कपिलवस्तु । थारु समुदायले मनाउने बड्की अट्वारी पर्वका अवसरमा प्रदेश सरकारले लुम्बिनीका छ जिल्लामा आइतबार (भदौ ८) मा सार्वजनिक बिदा दिएको भए पनि कपिलवस्तुका थारु समुदायले यो दिन पर्व नभएको बताएका छन् ।
लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । तर प्रदेशको बिदा र थारु समुदायको उक्त पर्वले यहाँका सार्वजनिक र निजी संस्थान तथा शैक्षिक संस्थाहरुमा भने बिदाको अन्यौलता पनि देखिएको छ । जसका कारण पर्वमा सार्वजनिक बिदाको औचित्यमा समेत विवाद बढाउने देखिन्ने निश्चित छ ।
थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको थियो । पर्वका सन्दर्भमा कपिलवस्तुसहित रुपन्देही र नवलपरासीका थारु जातिहरुले भने भदौ १५ गतेको आइतबार मात्रै बड्की अट्वारी पर्व मनाउने बताएका छन् । दाङ, बाँके र बर्दियाका थारुहरुले भने भदौ ८ लाई अट्वारीको रुपमा मनाउँदै छन् ।
थारु कल्याणकारीणी सभा जिल्ला कार्यसमिति कपिलवस्तुले तीज पछिको पहिलो आइतबार पर्व मनाउने गरी निर्णय भएको सचिव सन्तराम चौधरीले साझाकुरासँग बताए । उनका अनुसार तीज पर्व पछिको पहिलो आइतबारलाई थारु जातिहरुले बड्की अट्वारीको रुपमा मनाउने परम्परा र चलन रही आएका कारण प्रदेश सरकारले दिएको बिदा दाङसहितका पश्चिमका थारुहरुले मात्रै मान्ने छन् । कपिलवस्तुसहित पुर्वी जिल्लाका थारुहरुले भने तीज पर्व पछिको पहिलो आइतबार मात्रै यो पर्व मनाउने बताएका छन् ।
यो पर्वका सन्दर्भमा जिल्लामा गठित थारुहरुको संस्था थारु कल्याणकारीणी सभाले निर्णय गर्ने र सरकारलाई पर्वका सन्दर्भमा बिदा माग गर्ने गर्दछन् । यस पटक दाङमा गठित यो समितिले लुम्बिनी प्रदेश सरकारलाई तीज अघिकै आइतबार अर्थात भदौ ८ लाई अट्वारी मनाउने भनि राजपत्रमा समेत प्रकाशित गराएका कारण प्रदेश सरकारले पनि बिदा दिएको थारु कल्याणकारीणि सभा केन्द्रिय सदस्य उमाशंकर थारुले बताए । उनका अनुसार पश्चिममा भदौ ८ मा यो पर्व मनाएता पनि कपिलवस्तु, रुपन्देही र नवलपरासीका थारु जातिहरुले भदौ १५ गते अर्थात तीज पछिको पहिलो आइतबार पर्व मनाउने र उक्त दिन बिदाका सन्दर्भमा पालिकाहरुसँग समन्वय गर्ने जानकारी दिए ।
खासगरी कपिलवस्तुका थारु समुदायले पहाडबाट बसाइ सराई गरी तराइमा आएका ब्राहमणहरु र मधेशका अन्य जातिहरुसँग पनि यो पर्वलाई साझा पर्व बनाउने गरी मनाइरहेकोमा पश्चिमी जिल्लाका थारु जातिहरुले भने आफै आफ्नै शैलीमा मनाउने गरेका छन् ।
थारु जातिको यो पर्व थारुहरुकै बिचमा एकरुपता नहुँदा भने हरेक वर्ष चर्चामा आउने गर्दछ । थारु समुदायमा अट्वारी पर्वलाई धुमधामका साथ मनाउने चलन भएता पनि एउटै प्रदेशभित्रका ६ जिल्लाका थारुहरुमा भिन्न तिथीलाई आधार मान्दा पर्वको वास्तविकता र यससँग जोडिदै आएको परम्परागत चालचलनलाई समेत प्रभाव पारिरहेको कतिपयको तर्क छ ।
यो पर्व थारु जातीको बाहुल्यता रहेका तराईका जिल्लाहरुमा हर्षेल्लासका साथ मनाइन्छ । उक्त पर्व पर्ने आइतबारका दिन थारु समुदायका मानिसहरु एक आपसमा भेला भएर मिठामिठा परिकार, मिठाई आदि खाएर एक आपसमा शुभकामना साटासाट गर्ने गर्दछन् ।
थारु समुदायको लोकप्रिय चाड माघि पछि बड्की अट्वारीलाई लिने गरिन्छ । कपिलवस्तुमा पनि थारु समुदायमा यसको विशेष रौनक छ । बिभिन्न संघसंस्था तथा उद्योग धन्दामा काम गर्ने मजदुर तथा व्यक्तिलाई उक्त विदा दिने चलन छ । उनीहरु दिनभर बिभिन्न मिठामिठा भोजनहरु गरी साँझ धुमधामपूर्वक नाचगान गर्ने गर्दछन् ।
यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल पक्षको तृतीय तिथिपछि पर्ने पहिलो आइतवारका दिन मनाइने गरिन्छ । एक हप्ताभित्र पर्ने सबै दिन कुनै न कुनै देवताको नामले चिनिन्छ । आइतवार सूर्य देवताको नामले चिनिन्छ । भाद्र शुक्ल पक्षको तृतीय तिथिपछि पर्ने पहिलो आइतवारलाई ठूलो आइतवारको नामले चिनिने धार्मिक मान्यता छ । त्यसैले यो ठूलो आइतवारका दिन व्रत बसी अटवारी व्रत पर्व मनाउने प्रचलन भएकोले यो पर्वलाई बड्का अटवारी व्रत पर्वको रुपमा चिनिने गरिएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया