



वाणगङगा साहित्यिक प्रतिष्ठानले मनायो १६०औं मोती जयन्ती

राधा पाण्डे, कपिलवस्तु | वाणगङगा साहित्यिक प्रतिष्ठान कपिलवस्तुको आयोजनामा १६० औं मोती जयन्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । मोतिको योगदानलाई कदर गर्दै वाणगङगा नगरपालिका बाल मा. बि . बैरियामा कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बाणगङगा प्रज्ञा प्रतिष्ठानका संयोजक बालाराम ज्ञवालीले मोतीरामले साहित्यमा पुर्याएको योगदानलाई कदर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साहित्यमा रस हुनाले पिउन जान्नुपर्छ रस पिउने बानी बसाल्न सके समाज सुध्रने कुरा व्यक्त गर्नुभयो ।
यस्तै साहित्यकार सुर्य प्रसाद भुसाल साथै समाजसेवी डोलकराम घिमिरेले छोटो जीवन कालमा युवाकवि मोतीरामले गजल सहित विभिन्न साहित्यिक विधामा योगदानलाई भुल्न नहुने कुरा व्यक्त गर्नुभयो । यिनले देखाएको बाटो हामी सबैले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा दधी स्मृति साहित्य समाजका अध्यक्ष लेखनाथ घिमिरे, कृष्ण पाण्डे, नित्यानन्द पाण्डे, लक्ष्मण आचार्य, बुद्धिसागर बेल्बासे, कृष्णप्रसाद भट्टराई लगायतले बिद्यालयका विद्यार्थिहरुले रचना वाचन गर्नुभएको थियो ।
गजल, कविता, गित लगायतका रचना मार्फत मोतीको सम्झना, सामाजिक विकृती, देशको अवस्था लगायतका विषय समावेश गरिएको थियो । वाणगङगा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्ण घिमिरेको अध्यक्षता, उपाध्यक्ष राधा पाण्डेको स्वागत र संस्थाका सचिव होमनाथ पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया