



अफगानिस्तानमा बस दुर्घटना : इरानबाट निर्वासित ७३ जनाको ज्यान गयो

अफगानिस्तानको हेरात प्रान्तमा गएराति भएको बस दुर्घटनामा कम्तीमा ७३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १७ जना बालबालिका रहेका बीबीसीले जनाएको छ ।
इरानबाट निर्वासित अफगान आप्रवासी बोकेको बस, ट्रक र मोटरसाइकलसँग ठोक्किँदा आगलागी भएको थियो । बसमा सवार सबै यात्रुको ज्यान गएको छ भने ट्रक र मोटरसाइकल चालकले ज्यान गुमाएका छन् । बस इस्लाम काला नाकाबाट काबुलका लागि छुटेको थियो ।
हेरात प्रहरीले चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । इरानले पछिल्ला महिनामा अवैध अफगान आप्रवासीलाई फिर्ता पठाइरहेको छ । संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकायका अनुसार सन् २०२५ को शुरुदेखि १५ लाखभन्दा धेरै अफगानहरू इरान छोड्न बाध्य भएका छन् ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया