

वडा अध्यक्ष जितेन्द्रले दिएको राजीनामा दुई वर्षपछि स्वीकृत



दाङको घोराही उपमहानगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्र शाहले दिएको राजीनामा स्वीकृत भएको छ ।
नगर प्रमुख नरुलाल चौधरीले आफ्नो वडामा पर्याप्त बजेट नदिएको भन्दै उनले २०८० असार १२ गते पदबाट राजीनामा दिएका थिए ।
एमालेबाट निर्वाचित आफ्नै वडाध्यक्षको राजीनामा मेयर चौधरीले सोमबार दुई वर्षपछि स्वीकृत गरेका हुन ।
‘राजीनामा नगर प्रमुखले स्वीकृत गर्ने हो, त्यो असार मसान्तमा नै स्वीकृत भइसकेको थियो र आजको कार्यपालिकाले त्यसको अनुमोदन गरेको छ’, नगर प्रमुख चौधरीले भने ।
पार्टीको नीति विपरीत गएको भन्दै शाहलाई २०८१ माघमा पार्टीले समेत सदस्यता नरहने गरी निष्काशित गरेको थियो ।
मेयर चौधरीले शाहको ठाउँमा कार्यवाहक वडा अध्यक्ष भइ काम गर्नेगरी सोमबारबाट चूडामणि चौधरीलाई जिम्मेवारी दिएका छन् ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया