

वडा अध्यक्ष जितेन्द्रले दिएको राजीनामा दुई वर्षपछि स्वीकृत





दाङको घोराही उपमहानगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्र शाहले दिएको राजीनामा स्वीकृत भएको छ ।
नगर प्रमुख नरुलाल चौधरीले आफ्नो वडामा पर्याप्त बजेट नदिएको भन्दै उनले २०८० असार १२ गते पदबाट राजीनामा दिएका थिए ।
एमालेबाट निर्वाचित आफ्नै वडाध्यक्षको राजीनामा मेयर चौधरीले सोमबार दुई वर्षपछि स्वीकृत गरेका हुन ।
‘राजीनामा नगर प्रमुखले स्वीकृत गर्ने हो, त्यो असार मसान्तमा नै स्वीकृत भइसकेको थियो र आजको कार्यपालिकाले त्यसको अनुमोदन गरेको छ’, नगर प्रमुख चौधरीले भने ।
पार्टीको नीति विपरीत गएको भन्दै शाहलाई २०८१ माघमा पार्टीले समेत सदस्यता नरहने गरी निष्काशित गरेको थियो ।
मेयर चौधरीले शाहको ठाउँमा कार्यवाहक वडा अध्यक्ष भइ काम गर्नेगरी सोमबारबाट चूडामणि चौधरीलाई जिम्मेवारी दिएका छन् ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया