
हथौसा लिटल स्टारद्वारा स्क्र्याबल अभिमुखीकरण कार्यक्रम

हथौसा लिटल स्टार इंग्लिस बोर्डिङ स्कूलद्वारा आयोजित स्क्र्याबल अभिमुखीकरण कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमले शब्दावली विकास र बौद्धिक क्षमता अभिवृद्धिको लागि स्क्र्याबल खेललाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्य पूरा गर्दै जिल्लाभरिका शैक्षिक संस्थाहरू बीच सहकार्यमूलक वातावरण सृजना गर्छ । प्रमुख स्क्र्याबल व्यक्तित्वहरूको प्रेरणादायी नेतृत्व र उत्साही सहभागिताले कार्यक्रमलाई गतिशील बनाएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा आयोजक हथौसा लिटल स्टार सहित गोल्डन होराइजन, बालज्योति , ज्ञानपुञ्ज, चिल्ड्रेन्स प्याराडाइज भूपु सैनिक, बुद्ध शान्ति र सनलाइट इंग्लिस बोर्डिङ स्कूल गरि ८ वटा विद्यालयका ५० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

नेपाल स्क्र्याबल क्लब कार्यक्रममा प्रमुख अतिथिका रुपमा केन्द्रिय प्याब्सन समिति सदस्य, तथा लुम्बिनी भिजन क्याम्पस र आयोजक विद्यालयका प्रधानाध्यापक सुन्दर पाण्डेले विद्यार्थी, शिक्षक र सहभागीहरूसँगको प्रतिक्रिया सत्रमा उत्साह, सन्तुष्टि र भविष्यमा यो खेललाई अंगीकार गर्ने प्रतिबद्धता देखिएको बताउनु भयो । स्मरणशक्ति, तार्किक सोच र रणनीतिक क्षमता अभिवृद्धि गर्ने भएकोले निकै प्रभावकारी रहेको बताउनुभयो ।
यस्तै लुम्बिनी हब कोर्डिनेटर तथा हथौसा लिटल स्टारका सह -प्राचार्य मदन मल्लले यो अभिमुखीकरण कार्यक्रम कपिलवस्तु जिल्लाको शैक्षिक क्षेत्रमा स्क्र्याबल प्रति जागरूकता फैलाउनका लागि अत्यन्त सफल रहेको बताउनु भयो । विभिन्न विद्यालयहरूको सक्रिय सहभागिता र नेपाल स्क्र्याबल क्लबको प्रतिबद्धताले शैक्षिक क्षेत्रमा यस खेलले योगदान पुर्याउने जानकारी कपिलवस्तु स्क्र्याबल क्लब संयोजक मल्लले गराउनु भयो।
यस्तै कार्यक्रममा दीपक गौतम जिल्ला समन्वय (रुपन्देही), क्वेस्ट नेपाल सल्लाहकार , विनोद पौडेल जिल्ला समन्वयक (तनहुँ), राष्ट्रिय स्क्र्याबल परिषद सदस्य , प्रभात केसी जिल्ला अध्यक्ष रहनुभएको थियो ।
वक्ताहरूले स्क्र्याबलको शैक्षिक महत्व, यसले गर्दा हुने बौद्धिक लाभ र यसको रणनीतिक उपयोगिता बारे जानकारी दिए। कार्यक्रममा एपेक्स इंग्लिस बोर्डिङ स्कूल, बुटवलका समर्पित स्वयंसेवकहरूलाई उपहार र खदा प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रम केशव प्रसाद पराजुली अध्यक्षता साथै हथौसा लिटल स्टारका कक्षा ९ मा अध्ययनरत विद्यार्थी नवनीत पाण्डेको सञ्चालनमा सप्पन्न भएको थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया