

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु




बर्दियाको गुलरिया नगरपालिका-१२ मा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
धानखेतमा काम गर्न गएकी ४५ वर्षीया जगतारानी थारूको चितुवाको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार, थारूलाई आक्रमण गरेपछि चितुवाले करिब ५० मिटर टाढासम्म घिसारेर लगेको अवस्थामा उनको शव फेला परेको थियो।
घटनापछि गुलरिया-१२ स्थित भैसाही गाउँका स्थानीय बासिन्दा त्रसित बनेका छन्। पीडित परिवार तथा स्थानीयले मानव बस्तीमा पसेर आक्रमण गर्ने हिंस्रक चितुवालाई तत्काल नियन्त्रणमा लिन माग गरेका छन्।
प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालले घटनास्थललाई सिल गरेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए।


खबर सबै
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,











प्रतिक्रिया