

एनपिएल २ अक्सन – आदिल सहितका ८ क्रिकेटर श्रेणी ‘ए’मा

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको अक्सनमा अलराउण्डर मोहम्मद आदिल आलम सहितका ८ क्रिकेटर ‘ए’ श्रेणीमा परेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार अक्सनका लागि ३ श्रेणीमा १ सय ५० जना खेलाडी अन्तिम सूची घोषणा गरेको छ।
प्रतिबन्धका कारण आदिलले एनपिएलको पहिलो संस्करण गुमाएका थिए । अदालतबाट सफाइ पाएपछि उनी यो वर्ष अक्सनमा समावेश गरिएका छन् ।
उनीसँगै ए श्रेणीमा सुनाम गौतम, सूर्य तामाङ,शरद भेषावाकर, पवन सर्राफ, देव खनाल, दीलिप नाथ र अर्जुन साउद छन् ।
एनपिएलको पहिलो संस्करणमा अर्जुन र सूर्यले लुम्बिनी लायन्स तथा दिलिप र सुनम पोखरा एभेन्जर्समा थिए । चोटका कारण सुनमले एनपिएल गुमाएका थिए ।
देवले कर्णाली याक्स, शरदले चितवन राइनोजबाट खेलेका थिए । चोटका कारण पवनले एनपिएल खेलेनन्।
अक्सन शनिवार हुनेछ। अक्सनमा श्रेणी ए मा ४ खेलाडीको मात्र आवश्यकता छ । तर, दोस्रो चरणको अक्सनमा ए श्रेणीमा बोली नलागेका खेलाडी स्वतः बि श्रेणीमा झर्ने छन् ।
एनपिएल अक्सनका लागि ४ सय ५८ खेलाडी ले आफ्नो नाम दर्ता गराएका थिए। १ सय ५० खेलाडी अक्सनको अन्तिम सूचीमा राखिएका छन् ।
एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका र क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको हो । अक्सनमा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ ।
एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्की समेत) विभिन्न टोलीमा संलग्न भएका थिए । अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ (मार्की समेत) खेलाडीलाई निरन्तरता दिएका छन् ।
कुन श्रेणीमा कति खेलाडी आवश्यक
श्रेणी ‘ए’ – ४
श्रेणी ‘बी’ – २३
श्रेणी ‘सी’ – १०
जम्मा – ३७
न्युनतम र अधिकतम मुल्य
श्रेणी ‘ए’ न्युनतम १० लाख – अधिकतम १५ लाख
श्रेणी ‘बी’ न्युनतम ५ लाख – अधिकतम १० लाख
श्रेणी ‘सी’ न्युनतम २ लाख – अधिकतम ५ लाख


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया