

बालगृह तौलिहवामा रक्षाबन्धन, दुई दिदीले बाँधिदिए राखि



तौलिहवा | कपिलवस्तु नगरपालिका–९ स्थित एक बालगृहमा यस वर्ष पनि सामूहिक रक्षाबन्धनको विशेष कार्यक्रम सम्पन्न गरिएको छ। प्युठान घर भई हाल काठमाडौं बसोबास गर्दै आएकी टिकापुन मगर र सोही वडाकी कविता थारुले बालगृहमा रहेका ३० भन्दा बढी बेसहारा बालकहरूको हातमा राखी बाँधी शुभकामना व्यक्त गरे।
२०७२ सालदेखि प्रत्येक वर्ष बालगृहका भाइहरूलाई रक्षाबन्धन बाँध्दै आएकी टिकापुन मगरले यसपटक पनि परम्पराको निरन्तरता दिन पाउँदा हर्ष व्यक्त गरिन्। “यी बालकहरू मेरा आफ्नै भाइझैं हुन्, सामूहिक रूपमा राखी बाँध्दा अपार सन्तोष मिल्छ,” उनले भनिन्।
यो पर्वले बालगृहका भाइबहिनीबीचको माया, स्नेह र आपसी सुरक्षाको भावना अझ मजबुत बनाउन मद्दत गरेको उनले बताएकी छिन् ।


खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल







प्रतिक्रिया