

पानी पार्ने प्रणाली पश्चिम तराई नजिक, देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षा हुने



देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ र पश्चिममा नेपालको तराईको नजिक अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ।
शनिबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।
दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका केही स्थानहरुमा र बाँकी भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू(भागको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।
राति मधेस प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू(भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
ल्अभिि
त्यस्तै कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू(भाग र मधेश प्रदेशको एक(दुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया