



तीजमा ‘ब्राइट लुम्बिनी’ले ल्यायो “टिकटक भिडियो प्रतियोगिता” उत्कृष्टले पाउनेछन् ‘नगद’ पुरस्कार

बाणगंगा । यसपटकको तीज पर्वलाई अझ रमणीय बनाउन ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) कपिलवस्तुले ‘टिकटक भिडियो प्रतियोगिता’ आयोजना गर्ने घोषणा गरेको छ । जसको शुक्रबार एक सूचना जारी गर्दै संस्थाले प्रतियोगितामा भाग लिन इच्छुकहरुलाई निवेदन दिन आह्वान गरेको हो ।
संस्थाले हरितालिका तीजको अवसरमा भदौ ७ गते आयोजना गर्न लागेको वृहत तीज गीत प्रतियोगिता २०८२ का दिन सो प्रतियोगिताको नतिजा समेत सार्वजनिक गर्ने जनाएको छ।
प्रतियोगितामा भाग लिन दर्ता शुल्क नलाग्ने र सहभागी विद्यार्थीले कार्यालयमा आई लिखित रुपमा नाम दर्ता गर्नुपर्नेछ। प्रतियोगितामा ब्राइट लुम्बिनीको गीतमा आधारित टिकटक भिडियो तयार गर्नुपर्नेछ। केटा–केटीको संवाद अंशमा लिङ्गअनुसारको अभिनय गर्नुपर्ने र उत्कृष्टता लाइक र भ्यू को आधारमा तोकिने जनाइएको छ।
प्रतियोगिता साउन २३ गतेदेखि भदौ ५ गते राति १२ बजे सम्म सञ्चालन हुनेछ। विजेतामध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।
थप जानकारीका लागि ०७६–५५००४२ वा ९८५७०२२१०७ मा सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ।
ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लिले हालै मात्रै संस्थाको आफ्नै गीत सार्वजनिक गरेको छ । ब्राइट लुम्बिनी कपिलवस्तुमा बोलको उक्त गीत प्रबन्धक असिम क्षेत्रीको आफ्नै युट्युव च्यालनबाट सार्वजनिक भएको हो भने अहिले उक्त गीतको चर्चा समेत चुलिदोँ छ । टिकटक भिडियो प्रतियोगितामा पनि सहभागीले सोही गीतमा भिडियो बनाउनुपर्ने बताइएको छ ।


खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया