

होराइजनका मनिस गिरि कक्षा १२ मा जिल्ला प्रथम



कपिलवस्तु | कपिलवस्तु बाणगंगा– ४, सिद्धिपुर स्थित होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले यस वर्षको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका मेधावी छात्र मनिस गिरीले ३।९० जिपिए प्राप्त गर्दै कपिलवस्तु जिल्लामै प्रथम स्थान हासिल गरेको विद्यालय प्रशासनले दाबी गरेको छ ।
विद्यालयका अनुसार परीक्षामा सहभागी अधिकांश विद्यार्थीले उच्च अंक प्राप्त गरेका छन्। विद्यालयका प्रिन्सिपल वासुदेव घिमिरेले २२ जनाले ३.६–४ जिपिए ल्याएका छन् भने ३.२–३.६ जिपिए ९२ जना, २.८–३.२ जिपिए ७० जना र २.४–२.८ जिपिए २४ जनाले प्राप्त गरेका छन् ।
प्रिन्सिपल घिमिरेले भने विद्यार्थीहरूको मेहनत, शिक्षकको समर्पण र विद्यालय परिवारको एकता यो सफलता भएको र मनिस गिरिसहित सम्पूर्ण विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएको र आगामी दिनहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धतासहित अघि बढ्ने छौ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजुले समेत सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको शैक्षिक गुणस्तर अझ उचाइमा पुर्याउने बताए ।
होराइजनको अभिन्न अंग सयपत्री क्याम्पस रहेको र सयपत्री क्याम्पसले वि।वि।एस। का कक्षाहरु संचालन गर्दै उत्कृष्ट नतिजाहरु दिँदै आएको छ ।
सामुदायिक विद्यालयतर्फ भने बाणगंगा नगरपालिका–११ मा अवस्थित हेमराज माध्यमिक विद्यालयले कपिलवस्तु जिल्लामै उत्कृष्ट नतिजा ल्याउँदै पहिलो भएको दाबी गरेको छ ।


खबर सबै
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत






प्रतिक्रिया