



‘जनता क्याम्पस’कपिलवस्तु र ‘लुम्बिनी विश्वविद्यालय’बीच सहकार्य : ‘बीबीए इन एआई’को पढाइ अब जनतामै

कपिलवस्तु | शिक्षाको क्षेत्रमा परिवर्तन ल्याउने अपेक्षासहित कपिलवस्तुको बाणगंगा नगरपालिकामा – २ पिपरामा ‘जनता सामुदायिक क्याम्पस’ स्थापना गरिएको छ। जनता माध्यमिक विद्यालयमा अब यही शैक्षिक सत्रदेखि बीबीए इन आर्टिफिसियल इन्टेलिजेन्स (BBA in AI) कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा आउन लागेको छ।
विश्वविद्यालयको स्थायी क्याम्पस बाहिर सञ्चालित यो कार्यक्रम शिक्षा प्रणालीमा नविनतम प्रयोग मात्र होइन, स्थानीय तहमा गुणस्तरीय, अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा सुनिश्चित गर्ने दिशामा एक उल्लेखनीय कदम हो।
मंगलबार लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरमा आयोजित एक विशेष समारोहका बीच विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य र बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले आपसी सहमति पत्रमा हस्ताक्षर गरे। सहमतिअनुसार बीबीए एआई कार्यक्रम विश्वविद्यालय अन्तर्गत रहनेछ भने यसको शिक्षण प्रक्रिया जनता माध्यमिक विद्यालयमै सञ्चालन हुनेछ। उपकुलपति डा. बज्राचार्यले यो सहकार्यलाई शिक्षामा स्थानीयकरण र गुणस्तरको अन्तरसम्बन्धको आदर्श उदाहरणको रूपमा चित्रित गरे।
“विश्वविद्यालयको मूल उद्देश्य स्थानीय शैक्षिक संस्थासँग सहकार्य गर्दै गुणस्तरीय उच्च शिक्षा प्रवाह गर्नु हो। बीबीए एआईजस्तो नविन कार्यक्रमले सूचना प्रविधि र व्यवस्थापन क्षेत्रमा नयाँ युगको थालनी गर्नेछ। स्थानमै बसेर अन्तर्राष्ट्रिय स्तरको अध्ययनको अवसर दिनु समयको माग हो।” त्यस्तै, नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगामा यस प्रकारको सुविधा उपलब्ध हुनुलाई दुर्लभ अवसरको रूपमा व्याख्या गर्दै भने “अब हाम्रा विद्यार्थीहरू राजधानी जानैपर्ने, विदेश जानैपर्ने बाध्यता हट्नेछ। नगरको शैक्षिक उन्नयनका लागि यो कदम टेवा मात्र नभएर एउटा नयाँ सम्भावनाको ढोका हो।”
विद्यालयका प्रधानाध्यापक रमेश पन्थीले यस कार्यक्रमले सम्पूर्ण क्षेत्रको शैक्षिक छवि परिवर्तन गर्ने विश्वास व्यक्त गरे। “विद्यालयमा विश्वविद्यालयस्तरको कार्यक्रम सञ्चालन हुनुले विद्यार्थीलाई आफ्नै ठाउँबाट उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्छ। यसले टाढा जानुपर्ने बाध्यता हटाउँछ र स्थानीय प्रतिभाहरूलाई प्रोत्साहित गर्छ,” उनले बताए।
विश्वभर कृत्रिम बुद्धिमत्ता (AI) र व्यवस्थापन शिक्षाको समायोजन तीव्र रूपमा अघि बढिरहेको अवस्थामा बीबीए इन एआई कार्यक्रम नवप्रवर्तनशील शिक्षाको एक जीवन्त उदाहरण बनेको छ। यो कार्यक्रम व्यवस्थापन, डाटा एनालिटिक्स, मेशिन लर्निङ, निर्णय प्रणाली, व्यापार रणनीति, डिजिटल इनोभेसनजस्ता विषयमा आधारित हुनेछ।
कार्यक्रमले बाणगंगा नगर र आसपासका पालिकाहरू र छिमेकी जिल्लाहरु रुपन्देही, अर्घाखाँची, गुल्मीका विद्यार्थीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। यसले रोजगारीमूलक र व्यवसायमुखी शिक्षामा स्थानीय पहुँच बढाउनेछ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया