

पाल्पामा साढे ३४ हजारले राहदानी लिँदा ४८ जनाले नेपाली नागरिकता त्यागे


पाल्पा : पाल्पामा विगतका भन्दा राहदानी बनाउने संख्या बढेको हो। गत आवमा ८ हजार ७७ जनाले राहदानी बनाएको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए।
२०६२ सालयता पाल्पामा ३४ हजार ५०० जनाले राहदानी बनाएका छन्। जिल्ला प्रशासन कार्यालय पाल्पाबाट गत आवमा १४ हजार ९०३ नागरिकता जारी भए। वंशजको किसिमले नागरिकता लिएका हुन्। ५ हजार ३०६ जनाले प्रतिलिपि लिएका छन्।
१२ जनालाई वैवाहिक अंगीकृत नागरिकता जारी गरिएको प्रजिअ सुवेदीले बताए। १७ जनाले गैरआवासीय नागरिकता लिएका छन्।
पाल्पाका बासिन्दाले पनि नेपाली नागरिकता त्याग्न थालेका छन्। गत आर्थिक वर्षमा १७ जनाले नेपाली नागरिकता त्यागेका हुन्। यसअघि ३१ जनाले नागरिकता त्यागेको जिल्ला प्रशासन कार्यालय पाल्पाका अधिकृत दिनेश ज्ञवालीले बताए।
उनका अनुसार पछिल्लो विवरणअनुसार २ वर्षमा ४८ जनाले नेपाली नागरिकता त्यागेका छन्।
आव २०८०।०८१ मा सबैभन्दा बढी अमेरिका गएका १३ जनाले नागरिकता त्यागेका छन्। यसैगरी हङकङ गएका १, बेलायत ६, अष्ट्रेलिया ५, क्यानडा ४, जर्मनी १ र नर्वे गएका १ जनाले नागरिकता त्यागेका ज्ञवालीले बताए।
आव २०८१।०८२ मा अमेरिका ८, बेलायत ३, अष्ट्रेलिया ३, इटाली १, भारत १, हङकङ गएका १ जनाले नेपाली नागरिकता त्यागेको उनले बताए।
२५५ जनालाई नाबालक परिचयपत्र जारी गरिएको छ। आव २०८१।०८२ मा ५ करोड ४३ लाख १९ हजार ६५६ रुपैयाँ राजस्व संकलन भएको छ।
राहदानीबाट ४ करोड ८३ लाख ४३ हजार रुपैयाँ राजस्व प्राप्त भएको प्रमुख जिल्ला अधिकारीले बताए।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया