

पाल्पामा साढे ३४ हजारले राहदानी लिँदा ४८ जनाले नेपाली नागरिकता त्यागे



पाल्पा : पाल्पामा विगतका भन्दा राहदानी बनाउने संख्या बढेको हो। गत आवमा ८ हजार ७७ जनाले राहदानी बनाएको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए।
२०६२ सालयता पाल्पामा ३४ हजार ५०० जनाले राहदानी बनाएका छन्। जिल्ला प्रशासन कार्यालय पाल्पाबाट गत आवमा १४ हजार ९०३ नागरिकता जारी भए। वंशजको किसिमले नागरिकता लिएका हुन्। ५ हजार ३०६ जनाले प्रतिलिपि लिएका छन्।
१२ जनालाई वैवाहिक अंगीकृत नागरिकता जारी गरिएको प्रजिअ सुवेदीले बताए। १७ जनाले गैरआवासीय नागरिकता लिएका छन्।
पाल्पाका बासिन्दाले पनि नेपाली नागरिकता त्याग्न थालेका छन्। गत आर्थिक वर्षमा १७ जनाले नेपाली नागरिकता त्यागेका हुन्। यसअघि ३१ जनाले नागरिकता त्यागेको जिल्ला प्रशासन कार्यालय पाल्पाका अधिकृत दिनेश ज्ञवालीले बताए।
उनका अनुसार पछिल्लो विवरणअनुसार २ वर्षमा ४८ जनाले नेपाली नागरिकता त्यागेका छन्।
आव २०८०।०८१ मा सबैभन्दा बढी अमेरिका गएका १३ जनाले नागरिकता त्यागेका छन्। यसैगरी हङकङ गएका १, बेलायत ६, अष्ट्रेलिया ५, क्यानडा ४, जर्मनी १ र नर्वे गएका १ जनाले नागरिकता त्यागेका ज्ञवालीले बताए।
आव २०८१।०८२ मा अमेरिका ८, बेलायत ३, अष्ट्रेलिया ३, इटाली १, भारत १, हङकङ गएका १ जनाले नेपाली नागरिकता त्यागेको उनले बताए।
२५५ जनालाई नाबालक परिचयपत्र जारी गरिएको छ। आव २०८१।०८२ मा ५ करोड ४३ लाख १९ हजार ६५६ रुपैयाँ राजस्व संकलन भएको छ।
राहदानीबाट ४ करोड ८३ लाख ४३ हजार रुपैयाँ राजस्व प्राप्त भएको प्रमुख जिल्ला अधिकारीले बताए।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया