

प्रहरीकै अगाडि युवकले ३२० मिलिग्राम ब्राउन सुगरकाे पुडिया निलेपछि…


बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहास्थित सीमा नाका क्षेत्रमा चेकजाँच चलिरहेको थियो।
मंगलबार साँझ ६ बजेतिर चेकजाँचमा इलाका प्रहरी कार्यालय मैनापोखरी र प्रहरी चौकी जमुनीको संयुक्त टोली खटिएको थियो।
चेकजाँचमा खटिएको टोलीले शंकास्पद लागेर एकजना युवकलाई रोक्यो सोधपुछ गर्न थाल्यो।
सामान्य सोधपुछ क्रममा ती युवक बाँकेको खजुरा गाउँपालिका-६ सिमलघारी घर बताउने ३१ वर्षीय अशोक सुनार रहेको खुल्यो।
उनले आफू भारतको बलई गाउँबाट नेपाल आइरहेको बताएका थिए।
डिउटीको प्रहरीलाई आशंका लागेर उनीमाथि खान तलासी थाल्यो।
बर्दियाका प्रहरी प्रवक्ता डिएसपी चक्रडम्मर पालका अनुसार त्यही क्रममा सुनारले एउटा पुडिया नै निलिदिए।
त्यसपछि तत्काल प्रहरीले उनलाई नियन्त्रणमा लियो।
डिएसपी पालका अनुसार नियन्त्रणमा लिएपछि ती युवकलाई प्रहरीले वान्ता गर्न लगाएको थियो।
वान्ता गर्दा पुडिया नै निस्किएको थियो। प्रहरीले ती युवकलाई नै पुडिया खोल्न लगाएको थियो।
पुडिया खोल्दा त्यसमा ब्राउन सुगर भेटिएको थियो। तौल गर्दा ३२० मिलीग्राम ब्राउन सुगर फेला परेको डिएसपी पाललले बताए।
पक्राउ परेका सुनारमाथि लागुऔषध सम्बन्धि मुद्दा चलाउने तयारी प्रहरीको छ। जिल्ला अदालतले पाँच दिनको म्याद दिई सुनारमाथि थप अनुसन्धान गर्न अनुमति पाएको छ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया