

थाइल्याण्डको पटायामा सम्पन्न १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिपमा नेपालगञ्जका करण बाडिया बिश्व च्याम्पियन बने


बाँके| थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न भएको छ । बाँके जिल्ला नेपालगञ्ज १२ कोरियानपुरका करण बाडियाले बिश्वका विभिन्न देश बाट आएका खेलाडीहरु प्रतिस्पर्धामा पछि पार्दै बिश्व च्याम्पियन बनेका छ्न ।
उनले ६० किलो तौलमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेसमा सिलवर मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा गोल्ड मेडल जित्न सफल भएका छ्न । बाडियाले २२० के जि उचालेर बिश्व रेकर्ड राखेका छ्न । करण वाडिया सङै ६८ किलो तौलमा सिनियरतर्फ नेपालगन्ज ७ डिएसपी रोड का मोहित गुप्ताले स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेसमा गोल्ड मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा ब्राउन्च मेडल जित्न सफल भएका छन । साथै ७६ किलो तौलमा पुरुषतर्फ नेपालगन्ज २ घरवारीटोल का सन्तोष काजी शाक्यले सिलवर मेडल जितेका छन् प्रतियोगिता बाँकेबाट ३ जना खेलाडी र अन्य जिल्ला बाट ६ जाना खेलाडी गरी नेपालबाट ९ जाना खेलाडी प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपालबाट गएको टिमले ७ वटा गोल्ड मेडल , ५ वटा सिलवर मेडल र ब्राउन्च मेडल २ वटा गरी १४ वटा मेडल प्राप्त गरेको विजेता बाडियाले बताए । टिम ईभेन्ट मा नेपाल दोस्रो स्थान प्राप्त गर्न सफल भएका छ । वाडिया एक्स्ट्रिम फिटनेस नेपालगंज प्रा.ली को सदस्य समेत रहेका छ्न । वाडियाले यस अघि २०८१ सालमा कजाकिस्तानमा भएकाे ११ औं वर्ल्ड स्ट्रेन्थ लिफ़्टिंग एण्ड ईन्क्लाइन बेन्च प्रेस चैम्पियनशिप २०२४ मा नेपाल बाट स्वर्ण पदक जित्ने खेलाड़ी बनेका थिए । विश्वका ख्याती प्राप्त खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेर आफ्नो देशको र जिल्लाको सम्मान बढाएका हुन ।


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया