
लोप हुँदै गएपछि सुरु गरियो रैथाने ‘कालानमक’ धानको खेती

बर्दिया | बर्दियाको ठाकुरबाबा नगरपालिकाले रैथाने काला नमक धान खेतीको सुरु गरेको छ । थारू समुदायले पाहुना वा विशेष अतिथि घरमा आउँदा भात खुवाउन प्रयोग गरिने ‘कालानमक’ धान लोप हुँदै गएपछि नगरपालिकाले यसको संरक्षण र प्रवर्धनको सुरुवात गरेको हो ।
रैथाने बाली कालानमक धानको चामल खानका लागि स्वादिलो र बास्नादार हुन्छ । लोप हुने अवस्थामा पुगेको यो धानको बिउ ठाकुरबाबा नगरपालिकाले उत्पादन गरी नगरवासीलाई वितरण गरेको छ । कालानमक सँगसँगै अनदी, तिल्की, कोठरीलगायतका धान बालीसमेत ठाकुरबाबाले खेती गर्न थालेको छ ।
नगरपालिकाले यस वर्ष तीन बिघा जग्गामा यो खेती सम्पन्न गरेकामा यस पटक पाँच बिघा जग्गामा लोपोन्मुख कालानमक जातको धानको खेती गरेको छ । गत वर्ष १५ क्विन्टल उच्च गुणस्तरको कालानमक धानको बिउ उत्पादन गरेर कृषकलाई बाँडेको कृषि प्राविधिक वीरेन्द्र रावतले बताउनुभयो ।
बिउकै लागि ३.५ बिघा क्षेत्रफलमा कालानमक बिउ उत्पादन थालिएको कृषि शाखा प्रमुख ध्रुवराज बमले बताउनुभयो । करिब १० बिघामा अनदी धानको समेत खेती सुरु गरिएको छ । उहाँले रैथाने बालीको संरक्षण र प्रवर्धनका लागि बिउ बैङ्कमा बिउ राखी प्रवर्धन गरिने बताउनुभयो ।
उहाँले गत वर्ष खाद्यान्नका लागि उत्पादन भएको कालानमक धानको ‘ठाकुरबाबा’ नामक ब्रान्डको चामल उत्पादन गरी बिक्री गरिएको छ । कृषकले उत्पादन गरेको करिब ३० क्विन्टल धान सहकारीमार्फत खरिद गरिएको थियो । बमका अनुसार १७० रुपियाँ प्रतिकिलोग्रामका दरले कालानमक चामल बिक्री भइरहेको छ । ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले लोपोन्मुख बालीको संरक्षणका साथसाथै रैथाने कृषि बालीको संरक्षण गरी उन्नत बिउ उत्पादन गर्ने लक्ष्य लिई खेती सुरु गरिएको बताउनुभयो । नगरप्रमुख लम्सालले रैथाने बालीका लागि क्षेत्रफल विस्तार गरी चक्लाबन्दी खेती र यान्त्रिकीकरणको प्रयोगलाई प्रोत्साहन गरिने बताउनुभयो ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया