

कृषकलाई मुर्रा जातको वेलन राँगो वितरण



दाङको बंगलाचुली गाउँपालिकाले कृषकलाई मुर्रा जातको वेलन राँगो वितरण गरेको छ । गाउँपालिकाले लागत साझेदारीमा नस्लसुधार कार्यक्रम अन्तर्गत शतप्रतिशत मूर्राराँग वितरण गरेको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको उपस्थितिमा कृषकहरुका लागि आज राँगा वितरण गरिएको हो ।
गाउँपालिकाले बंगलाचुली गाउँपालिका वडा नम्वर ८ स्वामीघाटस्थित जनहित कृषक समूह र गोठीवनमा रहेको कस्तुरी कृषक समूहलाई भारतको हरियाणाबाट लिएको मुर्राराँगो वितरण गरेको छ। गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले राँगोलाई कृषक समूहको जिम्मा लगाउनु भएको थियो ।
गाउँपालिकाको ५० प्रतिशत अर्थात २ लाख र कृषक समूहरुको ५० प्रतिशत अर्थात २ लाख गरी जम्मा ४ लाखमा राँगोको खरिद गरिएको थियो । प्रति मुर्राराँगो २ लाख परेको बंगलाचुली गाउँपालिका पशु सेवा शाखा कार्यालयका पशुस्वास्थ्य अधिकृत माधव भट्टराईले जानकारी दिनुभयो ।
सो अवसरमा बंगलाचुली गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष झविन्द्र हादुर गाहा मगर, बंगलाचुली गाउँपालिकाका पशु सेवा शाखा प्रमुख माधव भट्टराई र सहाएक कम्पुटर अपरेटर प्रेमबहादुर डाँगी लगायतको सहभागिता थियो ।
gorkhapatraonline


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया