

कृषकलाई मुर्रा जातको वेलन राँगो वितरण

दाङको बंगलाचुली गाउँपालिकाले कृषकलाई मुर्रा जातको वेलन राँगो वितरण गरेको छ । गाउँपालिकाले लागत साझेदारीमा नस्लसुधार कार्यक्रम अन्तर्गत शतप्रतिशत मूर्राराँग वितरण गरेको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको उपस्थितिमा कृषकहरुका लागि आज राँगा वितरण गरिएको हो ।
गाउँपालिकाले बंगलाचुली गाउँपालिका वडा नम्वर ८ स्वामीघाटस्थित जनहित कृषक समूह र गोठीवनमा रहेको कस्तुरी कृषक समूहलाई भारतको हरियाणाबाट लिएको मुर्राराँगो वितरण गरेको छ। गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले राँगोलाई कृषक समूहको जिम्मा लगाउनु भएको थियो ।
गाउँपालिकाको ५० प्रतिशत अर्थात २ लाख र कृषक समूहरुको ५० प्रतिशत अर्थात २ लाख गरी जम्मा ४ लाखमा राँगोको खरिद गरिएको थियो । प्रति मुर्राराँगो २ लाख परेको बंगलाचुली गाउँपालिका पशु सेवा शाखा कार्यालयका पशुस्वास्थ्य अधिकृत माधव भट्टराईले जानकारी दिनुभयो ।
सो अवसरमा बंगलाचुली गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष झविन्द्र हादुर गाहा मगर, बंगलाचुली गाउँपालिकाका पशु सेवा शाखा प्रमुख माधव भट्टराई र सहाएक कम्पुटर अपरेटर प्रेमबहादुर डाँगी लगायतको सहभागिता थियो ।
gorkhapatraonline


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया