

यु-१६ क्रिकेट : भुटानविरुद्ध कलिवस्तुका रौनकको विस्फोटक शतकीय इनिङ


नेपालले एसीसी यू(१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि मलेसियासँग खेल्ने भएको छ । प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्ने भएको हो ।
मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हरायो । नेपालले समूह चरणमा चारमध्ये चारवटै खेल जितेको हो ।
मलेसिया भने समूह बी को उपविजेता हो । मलेसिया हङकङसँग मात्र पराजित भएको थियो । हङकङ भने समूह बी को विजेता बनेर समूह ए को उपविजेता सिंगापुरसँग खेल्ने छ ।
सेमिफाइनलका खेलहरू बिहीबार हुनेछन् भने फाइनल शनिबार हुनेछ । नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो ।
भुटानबिरुद्ध नेपालका लागि रौनक श्रीवास्तवले १३२ बलमा विस्फोटक १६८ रनको शतकीय इनिङ खेले । यसैगरी जोए थापा ६१ रन, शिवांस बजगाईँ ५४ रन र सुगम बुढाथोकीले ३५ रनको योगदान दिए ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया