



दाङका दुई पालिकाले दिए विद्यालयमा सार्वजनिक बिदा

दाङका दुई पालिकाले शिक्षण संस्थाहरुमा बिदा दिएका छन्। लुम्बिनीको राजधानीको केन्द्र रहेको राप्ती र गढवा गाउँपालिकाले भारी वर्षा र बाढीको जोखिमलाई मध्यनजर गर्दै पालिकाका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिएको हो।
राप्ती गाउँपालिकाले सोमबार र मंगलबार गरी दुई दिन र गढवा गाउँपालिकाले सोमबारदेखि पाँच दिन बिदा दिएको हो।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथ व्यवस्थापन प्राधिकरणले असार १४ गते दाङमा भारी वर्षा हुने भनेर सूचना जारी गरेको थियो।
सोही सूचनालाई आधार मानेर आइतबार दुई गाउँपालिकाले दुई दिन पालिकाभरका सम्पूर्ण विद्यालयलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बर्षे बिदाबाट कट्टी हुने गरी बिदा दिइएको राप्ती गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत विश्वास विकले जारी गरेको सूचनामा उल्लेख छ।
बिदाको अवधिमा बालबालिकालाई साना तथा ठूला नदी, इनार, पोखरीजस्ता जलस्रोतबाट टाढा राख्न, अत्यावश्यक बाहेक त्यस्ता क्षेत्रतर्फ जान नदिन र मौसमी बुलेटिनका अद्यावधिक जानकारीको आधारमा मात्र दैनिक कार्य सञ्चालन गर्न अनुरोध गरेका छन्।
गढवा गाउँपालिकाका शिक्षा शाखाका अधिकृत श्यामबहादुर विकले आइतबार जारी गरेको सार्वजनिक सूचनामा खेतीपातीको समय भएको हुँदा शिक्षक र विद्यार्थीको उपस्थिति विद्यालयमा कम हुन गएकोले पाँच दिन सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।
असार १५ गतेको निर्णय अुनसार १५ गतेदेखि २० गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको उल्लेख छ। बर्षे बिदाबाट कट्टी गरिने गरि विद्यालय बन्द गरिएको सार्वजनिक सूचनामा उल्लेख छ। जारी सूचनामा पाँच दिनको मात्रै सार्वजनिक बिदा भनिएपनि विद्यालय भने नियमित रुपमा असार २६ गते मात्रै लाग्ने अवगत गराइएको छ।
यी दुवै पालिका राप्ती नदीको तटिय क्षेत्रका पालिकाहरु हुन्। राप्तीमा ठूलो बाढी आउँदा नदी तटीय क्षेत्र सालिन्दा डुबानमा पर्ने गर्छ। राप्तीको बाहवले राप्ती, गढवा र लमही नगरपालिकाका विभिन्न क्षेत्रहरू जलमग्न हुने गर्छन्।


खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल











प्रतिक्रिया