

कृषिप्रधान देशमा ११ महिनामा झन्डै ३९ अर्बको धानचामल आयात

असार १५ गते २२ औं राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ मनाइँदै छ।
किसानहरूका लागि असार १५ वर्षभरिकै मुख्य दिन हो । हालसम्म १५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यो तथ्यांक असार १३ गते शुक्रबारसम्मको हो ।
धान नेपालको मुख्य खाद्यबाली हो । नेपालमा उपभोग हुने कुल खाद्य कृषि बालीमध्ये धानले करिब ८० प्रतिशत हिस्सा ओगटेको छ ।
सरकारले धानको उत्पादन र उत्पादकत्व बढाउन विभिन्न पहल गर्दै आएको छ । यसका बाबजुद धानचामल आयातको तथ्यांक पनि डरलाग्दो छ । चालु आर्थिक वर्षकको ११ महिनामा झन्डै ३९ अर्ब रुपैयाँको धानचामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। यो अवधिमा २६ करोड १९ लाख १९ हजार किलो धान आयात भएको हो

नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन धानको माग छ । यसमध्ये १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ । वार्षिक १२ देखि १५ लाख मेट्रिक टन बराबरको धानचामल नेपालमा आयात हुने गरेको तथ्यांक छ ।
चालु आर्थिक वर्ष २०८१-८२ देशभर १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद्बाट धानबालीका विभिन्न १४० भन्दा बढी जातहरू दर्ता भएका छन् ।
काठमाडौं उपत्यकाको माटो खेतीका लागि निकै उर्भर भएतापनि अव्यवस्थित सहरीकरण, जमिनको खण्डीकरणले गर्दा यहाँको कृषि जमिनमा अहिले घर तथा आवासीय क्षेत्र निर्माण हुँदै गएका छन् ।
उपत्यका केही पुरानो बस्ती तथा गाउँहरूमा खेती गरिने भए पनि अन्य क्षेत्रमा भने खेती गर्न जमिनको अभाव देखिएको छ ।
खेतीयोग्य जमिनमा घर बनाउँदा धान चामलको आयात झनै बढेको देखिन्छ ।
काठमाडौँ उपत्यकामा मात्र नभएर गाउँघरमा बसाइसराईको प्रभावले खेती योग्य जमिन बाजो भएका छन् ।


खबर सबै
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
-
जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक बरामद
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
सातै प्रदेशले ल्याए बजेट, कसको कति ?
-
सुपा देउरालीको झोलुङ्गे पुलबाट हाम फालेर बाणगंगाकी एक युवतीको मृत्यु
-
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक, चालु आवको भन्दा करिब डेढ अर्ब कमी









प्रतिक्रिया