
बाणगंगा नगरपालिकाको १ अर्ब ७६ करोडको बजेट सार्वजनिक

बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२—०८३ का लागि १ अर्ब ७६ करोड ८० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले मंगलबार बाणगंगा १ बैरीयामा १७ औं नगरसभा तथा दोस्रो अधिवेशनमा बजेट सार्वजनिक गरेको हो । संघीय, प्रादेशिक र आन्तरिक स्रोतहरूमार्फत संकलन गरिएको यो बजेट सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षणलगायत बहुआयामिक क्षेत्रलाई समेट्दै अघि सारिएको छ ।
मेयर चक्रपाणि अर्यालले प्रस्तुत गरेको बजेटमध्ये ५६ प्रतिशत रकम चालू खर्च र ४४ प्रतिशत पूँजीगत खर्चमा विनियोजन गर्ने जनाएको छ। चालू खर्च अन्तर्गत प्रशासनिक सेवा, सामाजिक सुरक्षा भत्ता, नियमित तलब भत्ता र सेवा सुविधा समावेश छन् भने पूँजीगत खर्चमा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, कृषि र पर्यटन प्रवर्द्धनजस्ता योजनाहरू रहेका छन्।
यस वर्षको बजेटले सामाजिक क्षेत्रमा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । सार्वजनिक विद्यालयका विद्यार्थीहरूलाई पोषण, छात्रवृत्ति, पाठ्यपुस्तक, डिजिटल सामग्री र अंग्रेजी, गणित तथा विज्ञान शिक्षण सहयोगका कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । पिपरा अस्पताल र अन्य स्वास्थ्य संस्थाहरूको स्तरोन्नति, औषधि र स्वास्थ्य सामग्री खरिद, जनचेतनामूलक शिविर, बाल तथा मातृस्वास्थ्य सेवा लगायत कार्यक्रमहरू बजेटमा समावेश गरिएका छन्।
नगरपालिकाले कृषि क्षेत्रमा मकै, धान, गहुँजस्ता बालीको बीउमा अनुदान, साना सिंचाइ आयोजना, कृषि तालिम, यान्त्रीकरण तथा पशुपालन प्रवर्द्धनका कार्यक्रम घोषणा गरेको छ। गौशाला निर्माणदेखि पशु उपचार, बीउ वितरण, विमा कार्यक्रम र तालिममार्फत किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।
सहरी पूर्वाधारमा नगर बसपार्क, चक्रपथ, सडक विस्तार, ढल व्यवस्थापन र सफा सहर अभियान सञ्चालन गरिनेछ । खानेपानी तथा सरसफाईका लागि ‘एक घर एक धारा’ र ‘पुर्ण सरसफाई’ अभियानलाई निरन्तरता दिइनेछ । नगर क्षेत्रमा स्मार्ट सिटी अवधारणा अनुसार डिजिटल प्रशासन, नगर सूचना प्रणाली र सूचना प्रविधिमा लगानी बढाइने जनाइएको छ ।
सामाजिक सुरक्षामा वृद्धवृद्धा, एकल महिला, अपांगता भएका व्यक्ति, बालबालिका र दलित समुदायलाई लक्षित कार्यक्रमहरू राखिएको छन् । बालबालिका तथा किशोरीहरूका लागि बालविवाह, मानव बेचबिखन तथा लैंगिक हिंसा न्यूनीकरणबारे सचेतनामूलक कार्यक्रमसमेत समेटिएका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया