

विद्युत् कार्यालयमा व्यवसायीले लगाए ताला

गुल्मीको शान्तिपुर इलाका सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिको कार्यालयमा व्यवसायीहरूले तालाबन्दी गरेका छन् । समितिको लापरबाहीको कारण उद्योगी व्यवसायीहरूको व्यवसायमा असर परेपछि शान्तिपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा व्यवसायीहरूले तालाबन्दी गरेका हुन् ।
पटक–पटक विद्युत् अनियमित हुने समस्याले पीडित भएपछि चन्द्रकोट बजारमा व्यवसाय गर्ने व्यवसायीहरूले चन्द्रकोट गाउँपालिकामा सञ्चालित सामुदायिक विद्युतलाई केन्द्रीय प्रसारणमा जोड्न माग गरेका छन् । विद्युतमा आधारित व्यावसाय गर्ने व्यवसायीहरूको दुध, माछामासु र होटलहरूमा ठूलो क्षति भए पनि तालाबन्दी गरिएको शान्तिपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तेजेन्द्र थापाले जानकारी दिनुभयो ।
तीन दिनदेखि विद्युत् नहुँदा भएको क्षतिको विवरण सङ्कलन भइरहेकाले स्थानीय तह र विद्युत् कार्यालयसँग बसेर क्षतिपूर्तिसहित उचित समाधन नभए तालाबन्दी जारी रहने थापाले बताउनुभयो । शान्तिपुर बजारकै नजिक पाँच मेगावाटको उपल्लो हुँग्दी हाइड्रोपावर छ । तर स्थानीयहरु बत्तिमुनीको अध्याँरो जस्तै भएकाले सामुदायिक विद्युतले प्राधिकरणले जस्तो सेवा दिन नसक्ने भए हस्तान्तरण गर्नुपर्नेमा थापाको जोड रहेको छ ।
विद्युतकाे फल्ट नभेटिएका कारण नियमित हुन नसकेको कारण व्यावसायीहरूले तालाबन्दी गरेको शान्तिपुर इलाका सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष सिद्धबाबा थापाले बताउनुभयो । उहाँले स्वार्थ नभएर प्राविधिक समस्याका कारण सृजना भएको समस्यालाई अतिरञ्जित नगर्ने थापाले व्यवसायीलाई आग्रह गर्नुभयो ।


खबर सबै
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
फेला पर्यो दुर्लभ राजगोमनको गुँड
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
फेला पर्यो दुर्लभ राजगोमनको गुँड
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण






प्रतिक्रिया