

विद्युत् कार्यालयमा व्यवसायीले लगाए ताला



गुल्मीको शान्तिपुर इलाका सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिको कार्यालयमा व्यवसायीहरूले तालाबन्दी गरेका छन् । समितिको लापरबाहीको कारण उद्योगी व्यवसायीहरूको व्यवसायमा असर परेपछि शान्तिपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा व्यवसायीहरूले तालाबन्दी गरेका हुन् ।
पटक–पटक विद्युत् अनियमित हुने समस्याले पीडित भएपछि चन्द्रकोट बजारमा व्यवसाय गर्ने व्यवसायीहरूले चन्द्रकोट गाउँपालिकामा सञ्चालित सामुदायिक विद्युतलाई केन्द्रीय प्रसारणमा जोड्न माग गरेका छन् । विद्युतमा आधारित व्यावसाय गर्ने व्यवसायीहरूको दुध, माछामासु र होटलहरूमा ठूलो क्षति भए पनि तालाबन्दी गरिएको शान्तिपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तेजेन्द्र थापाले जानकारी दिनुभयो ।
तीन दिनदेखि विद्युत् नहुँदा भएको क्षतिको विवरण सङ्कलन भइरहेकाले स्थानीय तह र विद्युत् कार्यालयसँग बसेर क्षतिपूर्तिसहित उचित समाधन नभए तालाबन्दी जारी रहने थापाले बताउनुभयो । शान्तिपुर बजारकै नजिक पाँच मेगावाटको उपल्लो हुँग्दी हाइड्रोपावर छ । तर स्थानीयहरु बत्तिमुनीको अध्याँरो जस्तै भएकाले सामुदायिक विद्युतले प्राधिकरणले जस्तो सेवा दिन नसक्ने भए हस्तान्तरण गर्नुपर्नेमा थापाको जोड रहेको छ ।
विद्युतकाे फल्ट नभेटिएका कारण नियमित हुन नसकेको कारण व्यावसायीहरूले तालाबन्दी गरेको शान्तिपुर इलाका सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष सिद्धबाबा थापाले बताउनुभयो । उहाँले स्वार्थ नभएर प्राविधिक समस्याका कारण सृजना भएको समस्यालाई अतिरञ्जित नगर्ने थापाले व्यवसायीलाई आग्रह गर्नुभयो ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया