

ग्लेन म्याक्सवेलले लिए एक दिवसीय क्रिकेटबाट संन्यास


विस्फोटक अस्ट्रेलियाली ब्याट्सम्यान ग्लेन म्याक्सवेलले सोमबार आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट करियरको अन्त्य गरेका छन् । यद्यपि उनले आगामी वर्षको विश्वकपलाई लक्षित गर्दै टी–२० क्रिकेटमा निरन्तरता दिने घोषणा गरेका छन् ।
एक सय ४९ एक दिवसीय खेल खेलेका ३६ वर्षीय म्याक्सवेलले तीन हजार नौ सय ९० रन बनाएका छन् । उनले ५० ओभरको खेलको शारीरिक दबाब महसुस गर्न थालेको बताए ।
“परिस्थितिमा मेरो शरीरले कस्तो प्रतिक्रिया गरिरहेको छ भनेर मैले टोलीलाई अलिकति निराश पारेको जस्तो महसुस गरेँ”, उनले भने, “मैले (छनोट समितिका अध्यक्ष) जर्ज बेलीसँग राम्रो कुराकानी गरेँ र मैले उहाँलाई अगाडि गएर उहाँको के विचार छ भनेर सोधेँ ।”
“हामीले सन् २०२७ (५० ओभर) विश्वकपको बारेमा कुरा ग¥यौँ र मैले उहाँलाई भनेँ ‘मलाई लाग्दैन कि म त्यहाँ पुग्नेछु, अब मेरो स्थानमा मानिसहरूलाई यसमा मौका दिन र यो स्थानलाई आफ्नो बनाउन योजना बनाउन सुरु गर्ने समय आएको छ’”, उनले भने ।
म्याक्सवेलको १२६ को स्ट्राइक रेट एकदिवसीय क्रिकेटमा दोस्रो उच्चतम छ, वेस्ट इन्डियन हेभी हिटर आन्द्रे रसेलपछि, जहाँ उनले चार शतक र २३ अर्धशतक ठोकेका छन्। उनले आफ्नो अफ–स्पिनबाट ७७ विकेट पनि लिएका छन्।
“एकदिवसीय अन्तर्राष्ट्रिय ढाँचाको इतिहासमा सबैभन्दा रोमाञ्चक र प्रभावशाली करियरहरू मध्ये एकमा ग्लेनलाई बधाई छ,“ क्रिकेट अस्ट्रेलियाका प्रमुख टोड ग्रीनबर्गले भने।
“अस्ट्रेलियाली क्रिकेट ग्लेनको एकदिवसीय उपलब्धिहरूका लागि ऋणी छ र उत्साहित छ कि उनले अब आगामी वर्ष आईसीसी ट्वान्टी–२० विश्वकप जित्ने हाम्रो लक्ष्यमा ध्यान दिनेछन्।“


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया