



सहकारीका बचतकर्ताको पाँच लाखसम्मको कर्जा सुरक्षण गरिने


सरकारले सहकारीमा पाँच लाखसम्म बचत गर्नेको कर्जा सुरक्षण गर्ने व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
सहकारीको एकीकरण, वर्गीकरण र संरचनागत सुधार गरिने पनि उनले बताए । त्यस्तै राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋण सहकरीको प्रभावकारी नियमन गरिने उनले बताए ।
“सहकारीमा पाँच लाखसम्मको बचतको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत निक्षेप सुरक्षण गरिनेछ,” उनले भने, “सहकारीको रकम अपचलन गर्नको सम्पत्ति लिलाम बिक्री गरी प्राप्त हुने रकम बचतकर्तालाई फिर्ता गर्न चक्रिय कोष स्थापना गर्नका लागि बिउ पुँजीको व्यवस्था गरेको छु ।”
सहकारी ऋण न्यायाधिकरण स्थापना गरिने पनि उनले बताए । समस्याग्रस्त सहकारीका सञ्चालक सम्पत्ति तथा राहदानी रोक्का राखिने पनि उनले बताए ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया