
आर्थिक वृद्धि ४.६१ प्रतिशत, ऋण २६ खर्ब ७६ अर्ब पुग्यो

चालु आर्थिक वर्ष मुलुकको अर्थतन्त्र विस्तार ४.६१ प्रतिशत हुने अनुमान सार्वजनिक भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समग्र आर्थिक, सामाजिक एवम् भौतिक विकास स्थिति समेटिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।
प्रदेशगत रूपमा मधेस, कोसी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशतभन्दामाथि छ ।
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार बढेर ६१ खर्ब सात अर्ब रुपैयाँ पुग्ने अनुमान सर्वेक्षणमा उल्लेख गरिएको छ । यस अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.१ प्रतिशत रहने अनुमान छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १५ सय १७ अमेरिकी डलर पुगेको छ । औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् ।
गत फागुनसम्म संघीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब चार करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको ४३.८ प्रतिशत हो । यसैगरी मानव विकास सूचकांक बढेर ०.६२२ पुगेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया