

विपक्षीले आर्थिक सर्वेक्षण र बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने



विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने बताए ।
त्यसपछि भिजिट भिसा सेटिङ प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउने र गृहमन्त्री रमेश लेखकको राजीनामा नभएसम्म संसद् चल्न नदिने बताए । विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर विपक्षीहरूले मंगलबार र बुधवारको प्रतिनिधिसभा बैठकमा अवरोध पुर्याएका थिए । विपक्षीको अवरोधका कारण दुई दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।
गृहमन्त्री लेखकले बुधबार पत्रकार सम्मेलन गरेर भिजिट भिसा सेटिङ प्रकरणमा आफ्नो संलग्नता नभएको स्पष्टीकरण दिएका थिए ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया