

अखाद्य वस्तु बिक्री गर्ने पाँच कम्पनीविरुद्ध मुद्दा दर्ता

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने बजारमा रहेका मापदण्ड विपरीतका पाँच वटा सेवामूलक फर्म तथा कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
ती फर्म तथा कम्पनीमा स्वास्थ्यलाई हानी पुर्याउने काम गरिएको भेटिएपछि कसुरअनुसार एउटा मुद्दा जिल्ला अदालत बाँकेमा र चार वटा मुद्दा जिल्ला प्रशासन कार्यालय, बाँकेमा दर्ता भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले बताउनुभयो ।
उहाँका अनुसार नेपालगन्जका विभिन्न वडामा रहेका क्वालिटी चाउमिन तथा सस उद्योग, डिउ ड्रप ड्रिङ्किङ वाटर इन्ड्रष्टिज, वाइ के ड्रिङ्किङ वाटर उद्योग, गोल्डेन प्रशोधित पिउने पानी र बिसमिल्ला होटेल नेपालगन्जविरूद्ध मुद्दा दर्ता गरिएको छ ।
ती फर्म तथा कम्पनीमध्ये खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले बिरयानी, शोर्मा र कबाबमा बाह्य सिन्थेटिक रङ्ग प्रयोग गरेको र होटेलको किचेनमा फोहोर गरेको कसुरमा नेपालगन्ज–११ इदगाह रोडमा रहेको बिस्मिल्लाह होटलविरूद्ध बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिएको कार्यालयका सूचना अधिकारी रामहरि लामिछानेले बताउनुभयो । अन्य फर्म विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ ।
बिस्मिल्लाह होटलमा केही दिनअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज, उपमहानगरपालिका, वडा कार्यालय, वडा प्रहरी कार्यालयका प्रतिनिधि सहित गएको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको थियो ।
अनुगमनमा बिस्मिल्ला केटर्स चिकन शोर्मा एन्ड बिरयानी होटेल नामको बोर्ड राखेको तर घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा बिस्मिल्ला होटेल भनी दर्ता भएको उक्त होटेलको सरसफाइ र भान्सामा देखिएको फोहोर तथा खाद्य वस्तुमा अखाद्य रङ्गको प्रयोग गरेको फेला परेपछि अनुसन्धान गरी मुद्दा दायर गरिएको सूचना अधिकारी लामिछानेले बताउनुभयो । सो होटेललाई ५० हजार रुपियाँ जरिवाना तथा कैद वा दुवै हुन सक्ने कानुनी प्रावधान रहेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले खाद्य बजार अनुगमन ४३ वटा, होटेल, रेस्टुरेन्ट अनुगमन ३८ वटा, खाद्य उद्योग अनुगमन ११० वटा, दाना उद्योग अनुगमन चार वटा गरेको जनाएको छ ।
सो कार्यालयले वैशाखसम्म एक हजार ९४२ वटा खाद्य नमुना विश्लेषण, ९७ वटा दाना नमुना विश्लेषण, २०९ वटा तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर धेरैलाई जरिवाना गरेको छ भने २१ लाख ६९ हजार ३७३ रुपियाँ राजस्व सङ्कलन समेत गरेको जनाएको छ ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया