

गण्डकी प्रदेशको आम्दानी लुम्बिनी प्रदेशले पाउँदै आएको खुलासा, २३ लाखभन्दा बढी राजस्व घाटा



गण्डकी प्रदेश सरकारको आम्दानी लुम्बिनी प्रदेश सरकारले पाउँदै आएको खुलासा भएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनले गण्डकी प्रदेशको वन क्षेत्र प्रयोग गरेबापतको राजस्व लुम्बिनीले पाएको तथ्य खुलेको हो ।
नवलपुरको सर्दीमा अवस्थित होङ्सी सिमेन्ट कम्पनीले २०७५ सालदेखि उत्पादन गर्दै आएको छ। कम्पनीले नवलपुरमा पर्ने ५.१ हेक्टर वन क्षेत्र २९ वर्षका लागि भाडामा लिएको छ। सम्झौता अनुसार कम्पनीले वार्षिक ५ लाख ८० हजार रुपैयाँ बुझाउने व्यवस्था थियो।
प्रतिवेदनअनुसार उक्त रकम डिभिजन वन कार्यालय पाल्पामार्फत लुम्बिनी प्रदेश सरकारलाई बुझाइएको छ। यस कारण गण्डकी प्रदेशले पाउनुपर्ने रकम लुम्बिनीले पाउँदै आएको हो।
चार वर्षको अवधिमा गण्डकी प्रदेशले जम्मा २३ लाख २० हजार रुपैयाँ गुमाएको उल्लेख गर्दै प्रतिवेदनमा सो रकम फिर्ता गर्ने र यस्ता गल्ती नदोहोर्याउने स्पष्ट व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
‘गण्डकी प्रदेशको वन क्षेत्र प्रयोग गरेबापत प्राप्त हुनुपर्ने रकम यकिन गरी विगत ४ वर्षको राजस्व समेत असुल गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया