

गण्डकी प्रदेशको आम्दानी लुम्बिनी प्रदेशले पाउँदै आएको खुलासा, २३ लाखभन्दा बढी राजस्व घाटा



गण्डकी प्रदेश सरकारको आम्दानी लुम्बिनी प्रदेश सरकारले पाउँदै आएको खुलासा भएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनले गण्डकी प्रदेशको वन क्षेत्र प्रयोग गरेबापतको राजस्व लुम्बिनीले पाएको तथ्य खुलेको हो ।
नवलपुरको सर्दीमा अवस्थित होङ्सी सिमेन्ट कम्पनीले २०७५ सालदेखि उत्पादन गर्दै आएको छ। कम्पनीले नवलपुरमा पर्ने ५.१ हेक्टर वन क्षेत्र २९ वर्षका लागि भाडामा लिएको छ। सम्झौता अनुसार कम्पनीले वार्षिक ५ लाख ८० हजार रुपैयाँ बुझाउने व्यवस्था थियो।
प्रतिवेदनअनुसार उक्त रकम डिभिजन वन कार्यालय पाल्पामार्फत लुम्बिनी प्रदेश सरकारलाई बुझाइएको छ। यस कारण गण्डकी प्रदेशले पाउनुपर्ने रकम लुम्बिनीले पाउँदै आएको हो।
चार वर्षको अवधिमा गण्डकी प्रदेशले जम्मा २३ लाख २० हजार रुपैयाँ गुमाएको उल्लेख गर्दै प्रतिवेदनमा सो रकम फिर्ता गर्ने र यस्ता गल्ती नदोहोर्याउने स्पष्ट व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
‘गण्डकी प्रदेशको वन क्षेत्र प्रयोग गरेबापत प्राप्त हुनुपर्ने रकम यकिन गरी विगत ४ वर्षको राजस्व समेत असुल गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ।


खबर सबै
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया