

गुल्मीमा ४०० भन्दा बढी छाडा कुकुरको बन्ध्याकरण, रेबिज नियन्त्रणमा टेवा हुने आशा



जिल्लामा बढ्दो छाडा कुकुरको समस्यालाई नियन्त्रण गर्न गुल्मीमा व्यापक कुकुर बन्ध्याकरण अभियान सञ्चालन गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको पहलमा गरिएको उक्त अभियानमा हालसम्म ४०९ कुकुरको बन्ध्याकरण गरिएको छ।
विज्ञ केन्द्रका प्रमुख हुमाकान्त पाण्डेयका अनुसार, रेसुङ्गा नगरपालिकामा १०७, छत्रकोटमा १०८, धुर्कोटमा ९४ र मदाने गाउँपालिकामा ९४ कुकुरको बन्ध्याकरण गरिएको हो। बन्ध्याकरण गरिएका कुकुरमध्ये घरपालुवा र सामुदायिक दुबै समावेश छन्।
यो अभियान हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) नेपाल, पोखराको प्राविधिक सहयोगमा सञ्चालित भएको हो। पशु स्वास्थ्य विशेषज्ञहरूको टोलीले स्थानीय तहमै शिविर सञ्चालन गरी कुकुरको बन्ध्याकरण गर्नुका साथै रेबिज विरुद्धको खोप पनि लगाएको हो।
भेटेरिनरी कार्यालयका अनुसार जिल्लामा हाल करिब ८ हजार कुकुर रहेका छन्, जसमा आधा सामुदायिक र आधा घरपालुवा कुकुर छन्। कुकुरको बन्ध्याकरणले उनीहरूको आयु बढाउने, तौल सन्तुलनमा राख्ने र स्वास्थ्यमा समेत सुधार ल्याउने बताइएको छ।
पछिल्लो समय गुल्मीका मुख्य बजार क्षेत्रमा भुस्याहा कुकुरको संख्या बढेसँगै मानिसलाई टोकेर घाइते बनाउने घटना बढिरहेका छन्। गुल्मी अस्पतालका सूचना अधिकारी रमेश पन्थीका अनुसार चालु आर्थिक वर्षको चैत महिनासम्म ८८० जना मानिस कुकुरको टोकाइमा परी रेबिज खोप लगाउन अस्पताल पुगेका थिए।
गत वर्ष गुल्मीदरबार गाउँपालिकामा कुकुरको टोकाइबाट एक महिलाको मृत्यु भएको घटनाले स्थानीयहरू थप सशंकित बनेका छन्। भुस्याहा कुकुरका कारण गाईभैंसीसमेत आक्रमणमा पर्न थालेको गुनासो बढेको छ। सवारीचालक लक्ष्मण नेपालीले रातिको समयमा सडकमा कुकुरको झुन्ड देखिँदा सवारी सञ्चालनमा समेत जोखिम हुने बताएका छन्।
स्थानीयहरूका अनुसार बालबालिकालाई विद्यालय पठाउँदा वा ल्याउँदा कुकुरको डरका कारण एक्लै हिँड्न नसक्ने अवस्था आएको छ। यसले कुकुर ब्यवस्थापनको आवश्यकता झनै बढाएको छ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया