

आईपीएलः बलिङ युनिट जमेपछि आरसिबीविरुद्ध पञ्जाबको सनसनीपूर्ण जित



इन्डियन प्रिमियल लिग (आईपीएल)मा पञ्जाब किंग्सले सनसनीपूर्ण प्रदर्शनलाई कायमै राखेको छ। वर्षाले प्रभावित भएर १४ ओभरमा घटाइएको खेलमा पन्जाबले रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई ५ विकेटले हरायो। आरसिबीले दिएको ९६ रनको लक्ष्य पछ्याएको पञ्जाबले ११ बल बाँकी हुँदा पाँच विकेटको क्षतिमा ९८ रन जोड्दै सहजै भेट्टाएको हो ।
पन्जाबका लागि नेहाल बाधेराले अविजित रहँदै १९ बलमा ३३ रन जोडे। उनले समान तीनतीन चौका र छक्का प्रहार गरे। मार्कस स्टोनिसले दुई बलमा सात रन जोडे। आफूले सामना गरेको पहिलो बलमा एक रन लिएका उनले यस दयालको बलमा छक्का प्रहार गर्दै खेलको अन्त्य गरेका हुन्। आरसिबीका जोस हजेलउडले तीन ओभरमा १४ रन खर्चेर पञ्जाबको तीन विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले नौ विकेटको क्षतिमा ९५ रन जोडेको हो। सो टोलीका टिम डेभिडले अविजित रहँदै २६ बलमा ५० रन जोडे। उनको पारीमा पाँच चौका र ती छक्का समावेश थियो। कप्तान रजत पाटिदरले १८ बलमा २३ रन जोडे। अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

पञ्जाबलाई नियन्त्रणमा राख्ने क्रममा मार्को जेन्सनले तीन ओभरमा १० रन खर्चेर दुई तथा युजभेन्द्र चावलले चीन ओभरमा ११ रन खर्चेर दुई विकेट लिए। आर्शदीप सिंहले तीन ओभरमा २३ रन खर्चेर दुई विकेट लिए। दुई विकेट लिए पनि हरप्रित सिंह महँगो साबित भए। पराजयको बाबजुद आरसिबीका टिम डेभिड प्लेयर अफ द म्याच घोषित भए। यो जिचपद्धि तालिकामा पञ्जाब १० अङ्कसहित दोस्रो स्थानमा पुगेको छ। १० अङ्क नै भएको दिल्ली क्यापिटल शीर्ष स्थानमा छ।



खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया