

बर्दियामा चितुवाको आक्रमणबाट एक बालक गम्भीर घाइते



बर्दियामा चितुवाको आक्रमणमा परी बुधबार दिउँसो एक बालक गम्भीर घाइते भएका छन्। गुलरिया नगरपालिका–५ बालापुरका ७ वर्षीय सर्जन चौधरी चितुवाको आक्रमणमा परी गम्भीर घाइते भएका छन्। बर्दियाको उपचारपछि बालकलाई थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ।
बालकको घाँटीमा चितुवाको आक्रमणबाट गहिरो घाउ खत रहेको तथा अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरका अनुसार चितुवाले दिउँसो २ बजेतिर उनलाई आक्रमण गरेको थियो।
गुलरिया नगरपालिका–४ इन्द्रेनी टोलमा हजुर आमासँगै खेतमा मकै गोड्ने क्रममा बालकलाई चितुवाले झम्टिएको थियो। हजुर आमा कराएपछि चितुवा उनका नातिलाई छोडेर भागेको थियो ।
घटनाबारे प्रहरीलाई साढे २ बजेपछि मात्रै स्थानीयले खबर गरेका थिए।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया