

बर्दियामा चितुवाको आक्रमणबाट एक बालक गम्भीर घाइते



बर्दियामा चितुवाको आक्रमणमा परी बुधबार दिउँसो एक बालक गम्भीर घाइते भएका छन्। गुलरिया नगरपालिका–५ बालापुरका ७ वर्षीय सर्जन चौधरी चितुवाको आक्रमणमा परी गम्भीर घाइते भएका छन्। बर्दियाको उपचारपछि बालकलाई थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ।
बालकको घाँटीमा चितुवाको आक्रमणबाट गहिरो घाउ खत रहेको तथा अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरका अनुसार चितुवाले दिउँसो २ बजेतिर उनलाई आक्रमण गरेको थियो।
गुलरिया नगरपालिका–४ इन्द्रेनी टोलमा हजुर आमासँगै खेतमा मकै गोड्ने क्रममा बालकलाई चितुवाले झम्टिएको थियो। हजुर आमा कराएपछि चितुवा उनका नातिलाई छोडेर भागेको थियो ।
घटनाबारे प्रहरीलाई साढे २ बजेपछि मात्रै स्थानीयले खबर गरेका थिए।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया