

कपिलवस्तु ११ ले जित्यो सैनामैना गोल्डकपको उपाधी



कपिलवस्तु । कपिलवस्तु ११ ले रुपन्देहीको सैनामैना मुर्गियामा सम्पन्न प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।
मुर्गिया फुटवल क्लबको आयोजनामा भएको प्रतियोगिताको बुधबार सैनामैना रंगशालामा भएको फाईनलमा अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ ले च्याम्पियन बनको हो ।
कपिवस्तु ११ का लागि विदेशी खेलाडी मोहम्मदले निर्णायक गोल गरे ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोश्रो हाफको १० मिनेटमै कपिलवस्तु ११ का तर्फबाट खेलेका विदेशी खेलाडी मोहम्मदले डि बक्समा पाएको अवसरलाई गोलमा परिणत गर्दै कपिलवस्तु ११ लाई अग्रत दिलाएका थिए । त्यही गोल उपाधि जिताउन निर्णायक बन्यो ।
फाइनल खेलमा कपिलवस्तु ११ ले ५ जना र अभिषेक चर्चले ४ जना विदेशी खेलाडी मैदानमा उतारेका थिए ।
१० दिनसम्म चलेको प्रतियोगितामा नेपालका दुई विभागीय र भारतको एक सहित १० टिमको सहभागिता थियो ।
प्रतियोगितामा उपाधी विजेता कपिलवस्तु ११ ले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता अभिषेक चर्च रजहर नवलपुरले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजयी टिम र खेलाडीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।


खबर सबै
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी, व्यक्तिगत प्रभावमा संस्था नै बन्धक बन्ने खतरा
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित











प्रतिक्रिया