
मायादेवी गाउँपालिका ३ फुलिकामा अन्तर्राष्ट्रिय महिला दिवसमा विविध कार्यक्रम गरियाे

मायादेवी गाउँपालिकामा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा सम्पन्न
मायादेवी गाउँपालिका वडा नं. ३, फुलिकामा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भव्य समारोह सम्पन्न भएको छ। वडा सदस्य इन्दु कुमारी थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, शिक्षक, महिला समूह तथा विभिन्न समाजसेवीहरूको सहभागिता रहेको थियो।
विद्यालयस्तरीय नृत्य प्रतियोगिता
वडा भित्रका सम्पूर्ण विद्यालयको कक्षा ५ सम्मका विद्यार्थीहरूको नृत्य प्रतियोगितामा मुनेश्वर माध्यमिक विद्यालय, बहरवासी प्रथम स्थान हासिल गर्न सफल भयो। द्वितीय स्थान श्री बाल कल्याण प्रा.वि., बरगदवा ले प्राप्त गर्यो भने तृतीय स्थान नेपाल राष्ट्रिय प्रा.वि., बडकी खैराटी ले हासिल गर्यो।
प्रथम पुरस्कार: नगद रु. २५००, कापी-कलम, प्रमाणपत्र
द्वितीय पुरस्कार: नगद रु. १५००, कापी-कलम, प्रमाणपत्र
तृतीय पुरस्कार: नगद रु. १०००, कापी-कलम, प्रमाणपत्र
शिक्षक नृत्य प्रतियोगिता
शिक्षकहरूको नृत्य प्रतियोगितामा देबेन्द्र स्मृति प्रा.वि., बिचौवापुरकी पुनिता यादव प्रथम भइन्। द्वितीय स्थान मुनेश्वर मावि, बहरवासीकी शिक्षिका घनकला न्यौपाने ले प्राप्त गरिन् भने तृतीय स्थान शारदा थारु र रेनुका न्यौपाने ले संयुक्त रूपमा हासिल गरिन्।
प्रथम पुरस्कार: नगद रु. २५००, प्रमाणपत्र
द्वितीय पुरस्कार: नगद रु. १५००, प्रमाणपत्र
तृतीय पुरस्कार: नगद रु. १०००, प्रमाणपत्र

वक्तृत्वकला प्रतियोगिता
महिला सम्बन्धी वक्तृत्वकला प्रतियोगितामा मुनेश्वर मावि, बहरवासी प्रथम, जनता आधारभूत विद्यालय, फुलिका द्वितीय स्थानमा रह्यो।
महिलाहरूबीच स्थानीय भाषामा आयोजित गीत प्रतियोगितामा फुलिका प्रथम, बहरवासी द्वितीय, र अतरपरी तृतीय स्थानमा रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री सहसराम यादव थिए भने विशिष्ट अतिथिका रूपमा वडा अध्यक्ष शैलेन्द्र कुमार यादव, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेली, वडा नं. १ का वडा अध्यक्ष ईशहाक अहमद खाँ, वडा सदस्य शिवकुमारी रैदास, बिरेन्द्र गडारिया, रामबृक्ष यादव लगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू उपस्थित थिए
कार्यक्रममा दलित सामाजिक विकास केन्द्र, सृजनशील सामाजिक विकास केन्द्र, कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रको सहकार्य रहेको थियो। विद्यालय शिक्षक, समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको व्यापक सहभागिता रहेको उक्त कार्यक्रममा करिब १००० जना सहभागी भएका थिए।
कार्यक्रमको स्वागत मन्तव्य कृष्ण कुमारी न्यौपाने ले व्यक्त गरेकी थिइन् भने सञ्चालन घनकला न्यौपाने ले गरेकी थिइन्। ईलाका प्रहरी कार्यालय, पकडी को समेत उपस्थिति रहेको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया