

३–० को जित दर्ता गर्दै सैनामैना गोल्डकपको सेमिफाइनलमा कपिलवस्तु





कपिलवस्तु-११, रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा शनिवार भएको अन्तिम क्वार्टर फाईनलमा रुपन्देही लिग च्याम्पियन फर्साटिकर युथ क्लबलाई ३-० को अन्तरले पराजित गर्दै कपिलवस्तु-११ सेमिफाईनलमा प्रवेश गरेको हो ।
कपिलवस्तु-११ का लागि तीनवटै गोल दोश्रो हाफमा भएको थियो । दोश्रो हाफको ५० औं मिनेटमा कपिलवस्तु-११ का लागि जर्सी नं. १० का खेलाडी मोहम्मद इन्ड्रिजले पहिलो गोल गर्दै खाता खोलेका थिए । त्यसैगरी खेलको ७४ औँ मिनेटमा जर्सी नंं ५ का खेलाडी विज्ञान गुरुङले एक गोल गरी खेललाई २-० को अन्तरमा पुर्याए । दोश्रो गोल भएको ८ मिनेटमै कपिलवस्तु-११ का लागि जर्सी नं. १० का खेलाडी मोहम्मद इन्ड्रिजले एक गोल गरी टिमलाई ३-० को अन्तरले जित दिलाउन सफल भए । उनले शनिवारको खेलमा व्यक्तिगत दुई गोल गरी म्यान अफ दि म्याचको पुरस्कार पाउन सफल भए ।
आईतबारको पहिलो सेमीफाईनल खेल आयोजक मुर्गिया फुटबल क्लब र अभिषेक चर्च नवलपुर रजहरबीच हुने छ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया