

अर्घाखाँचीका शिवबहादुर दुबै मृगौला फेल भएपछि अस्पतालको शैयामा,मृगौला प्रत्यारोपणका लागि रकम अभाव


कपिलवस्तु | अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका शिवबहादुर गन्धर्व लामो समय देखि मृगौला पिडित बिरामीको रुपमा अस्पताल धाइरहेका छन । शन्धिखर्क नगरपालिका वडा नं. १० निवासी शिव बहादुरका हाल दुबै मृगौला फेल भएका छन । जसका कारण उनी उपचारका लाग रकम अभावले रोगसँग लडिरहेका हुन ।
आफ्नो पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका गन्धर्व अहिले चारैतिरबाट आर्थिक सहयोगको याचना गरिरहेका छन । उनका दुवै मृगौलाले काम गर्न छाडेपछि हाल उनलाई राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचार गराइँदैछ। तर उनको उपचारका लागि रकम अभावले थप उपचार अघि बढ्न सकिरहेको छैन । उनको पारिवारकि आर्थिक अवस्था कमजोर रहेका कारण सन्धिखर्क नगरपालिका वडा नम्बर १० को कार्यालयले सहयोग गरिदिन उनको फोटो प्रमाणित शिफारिस समेत गराइ सहयोग गरेको उनका आफन्तले बताएका छन् । सुरुवाती चरणमा केही संस्था र व्यक्तिबाट सामान्य सहयोग जुटेको भए पनि अहिले मृगौँँला प्रत्यारोपण रकम अभावकै कारण जटिल बनेको उनले बताए ।
शिव बहादुर गन्धर्व दलित तथा विपन्न परिवारका व्यक्ति हुन्, जसका कारण उनको परिवारले आवश्यक उपचार खर्च जुटाउन कठिनाइ भोगिरहेको पारिवारिक सदस्यहरुको भनाइ छ। चिकित्सकहरूका अनुसार उनको जीवनरक्षा गर्नका लागि छिट्टै मृगौला प्रत्यारोपण गर्नुपर्नेछ । तर आर्थिक अवस्था कमजोर भएकाले उपचारमा आवश्यक रकमको अभाव देखिएको छ।
यस कठिन परिस्थितिमा सन्धिखर्क नगरपालिका वडा नं. १० का वडाध्यक्ष मोहन सिंह ठकुरीले वडाबाट सहयोगका लागि सिफारिक गरेका छन् ।
शिव बहादुरको उपचारमा साथ दिन इच्छुक व्यक्ति वा संस्थाहरूले उनको परिवारसँग सम्पर्क गरी आवश्यक सहयोग गर्न सक्नेछन्। उनले आफुलाई आर्थिक सहयोग गरि जीवन बचाइदिन याचना समेत गरेका छन् । गन्धर्वलाई सहयोग गर्न उनको मोवाइल नम्बर ९८६०४८१२३० मा सम्पर्क गर्न सकिने छ ।



खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया