

भाषा र व्याकरणका विद्वान् चूडामणि गौतमको निधन





काठमाडौं : भाषा र व्याकरण क्षेत्रका मूर्धन्य विद्वान् चूडामणि गौतमको ८१ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला रोगबाट पीडित उनको मेडिसिटी अस्पतालमा सोमबार निधन भएको हो।
२००० साल असोज १ गते तेह्रथुममा जन्मिएका गौतम ‘ग्रामर गुरु’का रूपमा परिचित छन्। नेपाली र अङ्ग्रेजी व्याकरणका सिद्धहस्त उनका दर्जनौँ पुस्तक प्रकाशित छन्।
नेपाली व्याकरण तथा रचना, विद्यालय नेपाली शब्दकोश, अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, शुद्ध नेपाली लेख्ने यसरी, हायर लेभल इङ्ग्लिस ग्रामर, कम्पोजिसन एण्ड प्रोनाउन्सेसन, राम्रो अंग्रेजी बोलचाल अभ्यासलगायत नेपाली र अङ्ग्रेजी व्याकरणसम्बन्धी पुस्तक चर्चित छन्।
सोमबार नै पशुपति आर्यघाटमा गौतमको अत्येष्टि गरिएको छ। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया