

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : मौसममा परिवर्तन, सतर्कता अपनाउन आग्रह


काठमाडौं- देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले विशेष गरी पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली छाएको छ भने अन्य भूभागमा आकाश खुल्ने क्रम जारी छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहँदा अन्य भूभागमा आंशिक बदलीदेखि मौसम खुल्दै जानेछ। यद्यपि, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरूमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।
रातिको समयमा पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रहरूमा आकाश खुलेर चिसो मौसम कायम रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्क रहन मौसमविद्हरूको सुझाव छ।
महाशाखाले विशेष गरी कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने चेतावनी दिएको छ।
अचानक बदलिन सक्ने मौसमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी पहाडी तथा हिमाली क्षेत्रका बासिन्दाले चिसोबाट बच्न न्यानो लुगाको प्रयोग गर्न तथा यात्रुहरूले सडक तथा हवाई यात्रामा सतर्कता अपनाउनुपर्ने महाशाखाले सुझाव दिएको छ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया