
विद्यालयमा चार कोठे भवन बनाउन वडा अध्यक्ष यादवद्धरा शिलान्यास

कपिलवस्तु । कपिलवसतुको मायादेवी गाउँपालिका वडा नम्बर ३ मा एक सामुदायिक विद्यालयको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । बुधबार वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले उक्त भवनको शिलान्यास गरेका हुन ।
मायादेवी गाउँपालिका वडा नम्बर ३ स्थित जनता आधारभूत विद्यालय फुलिकामा स्थानीय तहको साझेदारीमा भौतिक निर्माण योजना अन्र्तगत ५५ लाखको चार कोठे भवन र शौचालय निर्माणका लागि वडा अध्यक्ष यादवले शिलान्यास गरेको बताए । उनका अनुसार सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि वडा र पालिकाले भौतिक पूर्वाधार योजना अन्र्तगत विदालयको भवन निर्माण गर्न लागेको जनाएका छन् ।
उक्त शिलान्यास कार्यक्रममा वडा अध्यक्ष शैलेन्द्र कुमार यादवको प्रमुख आतिथ्यतासहित मायादेवी गाउँपालिका शिक्षा शाखा अधिकृत माधव घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार चौधरी, राम सवारे यादव, प्र.अ हर्षनारायण चौधरी, लगाएको उपस्थिति रहेको थियो ।
हिन्दु धर्म संस्कार अनुसार पुजापाठ गरि विद्यालयको चार कोठे भवन निर्माणका लागि शिलान्यास गरिएको वडा अध्यक्ष यादवले जानकारी दिएका छन् ।



खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया