चन्द्राैटामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

३-फागुन रामबहादुर गन्धर्व – कपिलवस्तुकाे शिवराज नगरपालिका स्थित चन्द्रौमा सञ्चालित तीनदिने पत्रकारिता तालिम शनिबार एक कार्यक्रमकाबीच सम्पन्न भएको छ।राष्ट्रिय दलित पत्रकार संघको आयोजनामा फागुन १गतेदेखि ३गतेसम्म सञचालित तालिममा जिल्लाका १०वटा पालिकाबाट २५जना किशोर किशोरीहरूकाे सहभागीता रहेको थियो ।

समापन कार्यक्रममा बाेल्दै बिजयनगर गाउँपालिकाका अध्यक्ष गाेपाल बहादुर थापाले सत्य तथ्यका आधारमा पत्रकारिता गर्नुपर्ने बताए । जनप्रतिनिधिहरूलाई खबरदारी गर्ने राम्रा काम जनताका माझ लैजाने जिम्मेवारी पत्रकारहरूकाे रहेको हुँदा समाचार सम्प्रेषण गर्दा संम्बेदनशिल हुनुपर्नेमा जाेड दिदै तीनदिनसम्म तालिमले पत्रकारहरूकाे अभिवृद्धि हुने कुरामा बिश्वास ब्यक्त गरे।कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य रविदत्त मिश्रले पत्रकार समाजको एैना रहेको ,राष्ट्रकाे चौथो अंग रहेकोले सरकारले गरेका कामलाई निगरानी गर्नुपर्ने बताउदै तालिममा सिकेका कुराहरू ब्यवहारमा उतार्न सुझाउदै नव आगन्तुक पत्रकारहरूलाई सफलताको शुभकामना ब्यक्त गरे।त्यस्तै दलित पत्रकार संघका केन्द्रीय सदस्य चिन्ता परियारले तालिममा सिकेका आधारभुत कुरा सिकेपनि पुर्णता नभएको बताए ।

पत्रकारितामा धेरै अध्ययन आवश्यक रहने भएकोले क्षमता बिकास सँगै अध्ययन गर्न सुझाव दिदै पहिलो खुड्किलाे रहेकाले यसलाई थप निरन्तरता दिन समेत सहभागिहरूलाई आग्रह गर्दै तालिममा सिकेका कुराहरू ब्यवहारमा कार्यान्वयन गर्दै समाज सुधार गर्न कलम चलाउने सहभागीहरूले बताएका छन् ।तीनदिनसम्म सञ्चालन गरेको तालिमले दलित पत्रकारहरूकाे क्षमता बिकास र कपिलवस्तुका सबै पालिकामा पत्रकारितालाई मजबुत बनाउने लक्ष्य रहेको संघका अध्यक्ष सम्भु बिक.ले बताए ।विभिन्न तहतप्काका पदाधिकारीहरूकाे उपस्थिति रहेको कार्यक्रम संघका सचिव सागर बि.क.काे सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै