

पाल्पामा इभि र मोटरसाइकल ठोक्किदाँ २ जना घाइते, हेलिकप्टरबाट घाइतेलाई काठमाडौं लगियो


बुटवल : पाल्पामा इभि गाडि र मोटरसाइकल ठोक्किदाँ २ जना घाइते भएका छन् ।
पाल्पाको तानसेन नगरपालिका ११ जोगीपानी स्थित गुल्मी पाल्पा सडक खण्डमा हार्थोकदेखि तानसेन तर्फ आउँदै गरेको लु.प्रदेश ०१००१ ज ००७१ न.को इभि गाडि र विपरित दिशाबाट जादैँ गरेको लु १७ प ८८६४ न.को मोटरसाइकल बुधबार बिहान एक आपसमा ठक्कर खाएका थिए ।
उक्त दुर्घटनामा परी गुल्मीको छत्रकोट गाउँपालिका १ हुँगाका ३८ वर्षीय मोटरसाइकलका चालक प्रकाश पाण्डे र उनकी ३१ वर्षीया श्रीमती कमला पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी सुनिल मल्लले बताए ।
घाइतेलाई उपचारको लागि मिसन अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि श्री एयरको हेलिकप्टर मार्फत ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको मल्लले बताए ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया