
१४ लाख नगद चोरी गरेर रहेका दुई जना पक्राउ

रुपन्देही | पोखरामा १४ लाख नगद चोरी गरेर फरार रहेका दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रुपन्देही देवदह नगरपलका वडा नं. १० घर भएका वर्ष २२ का ईश्वर श्रेष्ठ र स्याङ्जा भीरकोट नगरपालिका वडा नं. ३ घर भएकी वर्ष २९ की पुजा श्रेष्ठलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोगमा बुटवल उपमहानगरपालिका वडा नं.११ कालिका नगरको होटलबाट बाह्र लाख बाउन्न हजार पाँच सय असी र तीन थान मोबाइलसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पोखरा महानगरपालिका वडा नं. ८ सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसको कार्यालय कक्षको काठको ऱ्याकमा रहेको चौध लाख ७४ हजार रुपियाँ चोरी भएको सञ्चालक विनोद पौडेलले बताउनुभयो।
कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा ६ दिनको म्याद थप गरी उनीहरूको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया