

गुल्मीको मालिका गाउँपालिकामा कम गुणस्तर भएको मदिरा बिक्रीमा रोक



गुल्मी| गुल्मीको मालिका गाउँपालिकामा कम गुणस्तर भएका मदिरा बिक्रीमा पूर्णरुपमा रोक लगाइएको छ ।
मदिरा सेवनकै कारण पालिकाभित्र एक हप्ताको समयमा दुई जनाको मृत्यु भइसकेकाले कम गुणस्तर भएका सोफी ब्राण्डको (टुङकुला) मदिरालाई पूर्ण रुपमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष उपेन्द्र अर्यालका अनुसार पालिकाभित्रका व्यवसायीहरुसँग रहेको उक्त ब्राण्डको मदिरा एक हप्ताभित्रमा व्यवस्थापन गर्नुपर्नेछ । मदिरा बिक्रीका लागि पालिकाभित्रका अनुमति प्राप्त व्यवसायीहरुले साँझ ५ः३० देखि ८ बजेसम्म मात्र बिक्री गर्नुपर्ने, नाबालक, महिला तथादीर्घ रोगीहरुलाई बिक्रीका लागि रोक लगाइएको उहाँले बताउनुभयो ।
पालिकाभित्र कम गुणस्तरको मदिरा बिक्रीमा रोक लगाउनका लागि अनुगमनलाई कडाइ गर्ने, पालिकाले गरेको निर्णयलाई अवज्ञा गरेमा व्यवसायी तथा ढुवानीकर्तालाई पहिलो पटक पाँच हजारसम्म जरिवाना गर्ने अर्यालले बताउनुभयो ।
अनुगमनलाई प्रभावकारी बनाउनका लागि प्रहरी प्रशासनको सहयोग लिने जरिवानाबाट उठेको २५ प्रतिशत रकम सुरक्षा कर्मीलाई प्रदान गर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । प्राप्त २५ प्रतिशत रकम सुरक्षाकर्मीले सवारी साधन मर्मतमा खर्च गर्नुपर्ने गरी व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले गरेको निर्णय जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराइएको पालिकाले जनाएको छ ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया