

कपिलवस्तुको यशोधरा गाउँपालिका निःशुल्क रक्त सञ्चार सेवामा जाेडियाे


कपिलवस्तु, माघ १३ । कपिलवस्तुको यशोद्धरा गाउँपालिका, अब निःशुल्क रक्त सञ्चार सेवामा जोडिएको छ। गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी र बुद्ध बैंक रुपन्देहीसँग सम्झौता गरेर आफ्नो क्षेत्रका नागरिकलाई रक्त आपूर्तिमा विशेष लाभ दिने निर्णय गरेको हो। सम्झौताअनुसार, अब यशोधराका स्थानीयले निःशुल्क रक्त सञ्चार सेवा पाउने छन्।
पालिकाका अध्यक्ष शिवदयाल तिवारीले जानकारी दिँदै भने, “यस सम्झौतासँगै, हाम्रो गाउँपालिकाका नागरिकले रक्तका लागि कुनै पनि भुक्तानी नगरी सेवा प्राप्त गर्न सक्नेछन्। यसले जनताको जीवन रक्षा र स्वास्थ्यमा ठूलो मद्दत गर्नेछ।”
सम्झौताअनुसार, यो सेवा माघ १३ गतेदेखि लागु भएको छ। पालिका प्रशासनका प्रमुख रिषभ देव खनालले भन्नुभयो, “यो सम्झौताले समग्र पालिकावासीलाई लाभ पुग्नेछ र हामी जनताका हितमा कार्य गर्दै अघि बढेका छौँ।”
सम्झौतामा यशोद्धरा गाउँपालिकाका उपमेयर गुन्जादेवी मौरया, वडा अध्यक्ष अव्दुल कैयुम मुस्लमान, गाउँपालिका कर्मचारी र रक्त सञ्चार सेवा केन्द्रका प्रतिनिधिहरूको सहभागिता थियो।
यस नयाँ सेवाबाट यशोद्धरा गाउँपालिकाका नागरिकलाई रगतको आपूर्ति सहज र नि:शुल्क हुने भएकाले यसलाई निकै स्वागत गरिएको छ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया