

खैरेनीचौर सामुदायिक वनकाे अध्यक्षमा पुनः महत्रा



कपिलवस्तु, रामबहादुर गन्धर्व । कपिलवस्तु काे बाणगङ्गा नगरपालिका स्थित खैरेनीचौर सामुदायिक बन उपभोक्ता समूह बाणगङ्गा ५/६ कपिलवस्तुकाे २२औं साधरणसभा तथा आठौ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अगामी तीन बर्षका लागि पुनः मन्जु मत्राकाे अध्यक्षतामा ११सदस्यीय कार्य समिति चषन गरेको छ।
जसकाे उपाध्यक्षमा माेहन खडका ,सचिवमा रामप्रसाद भुसाल ,स-सचिवमा श्याम बहादुर गन्धर्व ,काेषाध्यक्षमा बिमा खत्री रहेका छन् भने सदस्यहरूमा कालुराम नेपाली ,टेकबहादुर सुवेदी,धनिकुमारी गन्धर्व ,सरस्वती न्यौपाने ,शान्ति थारू र दिपा खनाल रहेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूलई बधाई तथा शुभकामना दिदै माेतिपुर सव डिभिजनका प्रमुख एजाज अन्सारीले काँधमा काँध मिलाउदै बन ब्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता गरे। त्यस्तै सामुदायिक बन महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष एवम् कार्यक्रमका बिशिस्ट अतिथि हुमनाथ भट्टराईले सामुदायिक बन संरक्षण ,समबद्वर्नका लागि सबै एक जुट हुनुपर्नेमा जाेड दिए । साे अवसरमा बनका काेषाध्यक्ष जीवनाथ पाण्डेले आर्थिक बर्ष २०८०/०८१ काे प्रतिबेदन प्रस्तुत गर्दै १८लाख २हजार २८७ रूपैयाँ बराबरको आय-ब्याय सार्वजनिक गरे ।
अध्यक्ष मत्राले प्रगतिप्रतिवेदन प्रस्तुत गर्दै अगामी बर्ष २०८२/०८२ का लागि याेजना तथा कार्यक्रमका बारेमा जानकारी गराइन। कार्यक्रममा विभिन्न सामुदायिक बनका पदाधिकारी ,सामाजिक संघसंस्थाका पदाधिकारी , स्थानीय समाजसेवी ,जनप्रतिनिधि ,सामुदायिक बनका पुर्व पदाधिकारी लगाएतकाे सहभागी रहेको उक्त कार्यक्रम वडा नं.६का वडाध्यक्ष करूण टण्डन काे प्रमुख आतिथ्यता ,माेहन खडकाको स्वागत र रामप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया