भलवाडमा नेसपा (नयाँ शक्ति)को प्रथम वडा अधिवेशन सम्पन्न, बन्जाडेको नेतृत्वमा ७ सदस्य वडा समितिको निर्वाचन


कपिलवस्तु | नेपाल समाजबादी पार्टी ( नयाँ शक्ति ) बाणगङ्गा नगरपालिका वडा नम्बर ९ को प्रथम अधिबेशन शनिबार सम्पन्न भएको छ ।
अधिबेशन लाई नेसपा ( नयाँ शक्ति ) का केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य नारायण खनाल , नेसपा ( नयाँ शक्ति) का केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य शुसि पुलामी मगर ,संबिधान सभा सदस्य इलियाज मुसलमान , नेसपा ( नयाँ शक्ति ) का केन्द्रीय सल्लाहकार राजेन्द्र मणी पाठक , जिल्ला अध्यक्ष राम निबाश पुरी ,कपिलवस्तु नगरपालिकाका संयोजक बिमलेश मौर्या आदिले शुभकामना मनतब्य दिएका थिए ।
अधिबेशनले सोही कार्यक्रमबाट गोबिन्द बन्जाडेको नेतृत्वमा ७ सदस्य वडा समितिको निर्वाचन गरेको छ । जसको उपाध्यक्षमा शान्ता अधिकारी ,सचिव प्रतिक्षा भुसाल, सह सचिवमा मधु कार्की ,कोषाध्यक्ष रबि परियार ,सदस्यहरुमा छबिलाल खनाल र ढुण्डीराज पौडेल रहेका छन् ।
अधिवेशन राधा खनालको अध्यक्ष्यता र प्रतिक्षा भुशालको संचालनमा सम्पन्न भएको हो । यस अधिवेशनले नेसपा (नयाँ शक्ति) को संगठनलाई सुदृढ गर्दै आगामी राजनीतिक यात्रा तिव्र बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

खबर सबै